२१ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्बमन्त्री श्रेष्ठ माथी अनुसन्धान गर्न सर्बोच्चको आदेश



अ+ अ-

काठमाडौँ ।  जातकै कारण कोठा नपाएकी रुपा सुनारले पूर्वमन्त्री कृष्ण गोपालविरुद्ध दिएको उजुरीमाथि अनुसन्धान कार्य बढाउन  सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।न्यायाधीश प्रकाशमान सिंह राउत र नहकुल सुवेदीको इजलासले बिहिबार यस्तो आदेश दिएको हो।

अदालतको आदेशमा भनिएको छ ‘निवेदिकाले सरस्वती प्रधान विरुद्ध दायर गरेको जाहेरी दरखास्त अनुसन्धानकै क्रममा रहेको र निज सरस्वती प्रधान हिरासत मुक्त हुँदाको अवस्थामा मन्त्रीको सार्वजनिक पदमा बहाल रहेका विपक्षी कृष्णगोपाल श्रेष्ठ उपस्थित भई हिरासतबाट निजलाई मन्त्रीको सरकारी सवारी साधनमा लगी भन्ने मिसिलबाट देखिएको र उक्त कार्यले मुद्दाको अनुसन्धान प्रक्रिया प्रभावित तुल्याएको भनी यिनै निवेदिकाले निज कृष्णगोपाल श्रेष्ठविरुद्ध दिएको जाहेरी दरखास्त रीतपूर्वक दर्ता भएको नपाइएकाले सो जाहेरी दरखास्त दर्ता गरी निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्नु गराउनु’ ।

पदीय ओहोदा र सरकारी स्रोतको दुरुपयोग गरी संविधान तथा कानूनले बर्जित गरेको जातीय भेदभाव तथा छुवाछुत जस्तो गम्भीर मुद्दाको अपराध अनुसन्धानलाई प्रभावित गरेको आरोप लगाउँदै रुपाले तत्काली मन्त्री श्रेष्ठ बिश्रद्ध मुद्धा दायर गरेकी थिईन । जातकै आधारमा कोठा नदिएको भन्दै परेको  उजुरीमा पक्राउ परेकी सरस्वती प्रधानलाई तेस्रो दिनमा मनत्री श्रेष्ठ आफैँ प्रहरी कार्यालयमा उपस्थित भएर आप्नो गाडीमा घर सम्म पुर्योएका थिए ।