२१ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्ता मान्छे कोरोनाबाट मर्ने सम्भावना बढी



अ+ अ-

काठमाडौं । ब्यायाम गर्दा शरीर फिट तथा स्वस्थ हुन्छ । कोरोनाको जोखिमबाट बच्नका लागि सबैले व्यायाम गर्नु जरूरी छ । 

ब्रिटिश जर्नल अफ स्पोर्ट्स मेडिसिनमा छापिएको अध्ययनअनुसार, व्यायाम नगर्ने मानिस कोरोनाका कारण मर्ने सम्भावना बढी छ । 

अध्ययनमा ५० हजारजना कोरोना संक्रमितलाई हेरिएको थियो । दुई वर्षदेखि कुनै व्यायाम नगरेकाहरूमा संक्रमण बढी देखिएको पाइयो । 

अनि खोप लगाएका मानिसमा कोरोनाका कारण हुने मृत्युको आँकडा एकदमै कम रहेको तर खोप नलगाउनेहरूमा कोरोनाको प्रबल जोखिम रहेको पनि अध्ययनमा देखिएको छ । 
 
खोप लगाएका मानिसलाई पनि कोरोना लागेकाले नियमित व्यायाम जरूरी रहेको विज्ञहरू बताउँछन् । बढ्दो उमेर, चिनीरोग, मोटोपन तथा मुटुरोग भएकाहरूलाई कोरोनाले ज्यानको जोखिम बढाउने देखिएको छ । अनि नियमित व्यायाम नगर्नेहरूलाई झनै बढी असर गर्ने गरेको पाइएको छ ।