४ बैशाख २०८२, बिहीबार
April 17, 2025 Thursday

17.27°C

काठमाडौं

17.27°C

Kathmandu

Feels-like: 17.51

Wind: 3.09

Humidity: 94

तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुखमा उम्मेदवारी मनोनयन दर्ता गर्न घिमिरे संघीय संसद् भवनमा



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको सभामुखका लागि उम्मेदवारी मनोनयन गर्न सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा (एमाले) का देवराज घिमिरे नयाँ बानेश्वरस्थित संघीय संसद् भवन पुग्नुभएको छ ।

सभामुखको मनोनयन दर्ताको समय आज दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्मका लागि तोकिएको छ । मतदान बिहीबार हुनेछ ।

नेपाली कांग्रेसले भने सभामुखको उम्मेदवार टुंग्याउनुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफ कुर्ने बताएको छ । धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेपछि मात्र उम्मेदवारीका बारेमा टुङ्गो लाग्ने जनाइएको छ ।

पदाधिकारी बैठकअघि कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टी ९जसपा० अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गर्नुभएको थियो ।