३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि

कैलालीका एक युवकको भारतको महाराष्ट्रमा हत्या

कैलालीका एक युवकको भारतको महाराष्ट्रमा हत्या
(सांकेतिक तस्बिर)
अ+ अ-

लम्की । कैलालीको लम्कीचुहा–६ वावनपुरका एक युवकको भारतको महाराष्ट्रमा हत्या भएको छ । रोजगारीको सिलसिलामा भारत महाराष्ट्रको आलिबागमा बस्दै आउनुभएका १८ वर्षीय कमल विकको आफ्नै साथीहरुले हत्या गरेको आशङ्का गरिएको मृतककी आमा पार्वती कामीले बताउनुभयो ।

गत पुस २६ गते रोजगारीको सिलसिलामा भारतको आलिबागमा रहेका छोराको बीभत्स हत्या गरिएको भन्दै आमा उहाँले वावनपुर घर भई आलिबागमा बस्दै आएका सागर विक, टोपु विक, मनोज विक र सन्तोष बादीको नाममा किटानी जाहेरी दिनाका साथै यही माघ १ गते भारतको महाराष्ट्र राईगढ जिल्ला आलिबाग ठाना प्रहरीमा पनि उजुरी दिएको बताउनुभयो । हत्यामा संलग्न टोपु विक र मनोज विक सहोदर दाजुभाइ हुन् । छोराको मृत्युको खबर सुनेपछि गत पुस २७ गते नेपालबाट आफू भारत गएको र हत्या नै भएको पुष्टि भएपछि किटानी जाहेरी दिएको पार्वतीले जनाउनुुभयोे ।

उहाँले भन्नुभयो, “छोरासँगै होटेलमा काम गर्ने नातामा मामा पर्ने सागर विकले छोराको हत्या भएको जानकारी दिएपछि हामीले थाहा पायौँ । केही समयपछि सामाजिक सञ्जालमा छोराको फोटा र भिडियो पनि बाहिरिएको थियो । फोटा र भिडियोमा पनि प्रस्टरुपमा हत्या भएको देखियो । घटनापछि भारतमा पुग्दा र घटनास्थलमा बुझ्दा नेपाल घरमा फोन गरेर हत्या भएको जानकारी दिने सागर विक नै हत्यामा संलग्न रहेको पाइयो ।”

उहाँले भन्नुभयो, “जुन दिन रातिको समयमा हत्या भयो त्यही दिन दिउँसो घरमा छोराले फोन गरेको थियो । आफू सन्चै रहेको र तलब आएपछि पैसा पठाइदिन्छु भनेको थियो । अर्को दिन त छोराको हत्या भएको खबर सुनियो ।” एउटा मात्र छोराको बीभत्सरुपले हत्या गरिएकाले दोषीलाई कारबाही गरी न्याय दिलाउन पार्वतीले नेपाल सरकारसँग अनुरोध गर्नुभयो ।

हत्या भएको भनिएको दिन सबै केटाहरु छोरा कमलकै कोठामा बसेका रहेछन् ।सँगै खानपिन गरेको र विवाद पनि भएको भन्ने सुनिएको र रातिको समयमा उसका साथीहरुले नै हत्या गरी फरार भएको घटनाले देखाएको छ । एक वर्षअघि काम गर्न भनेर सिमला पहाड गएको भाइ पछि आलिबाग गएको करिब दुई महिनापछि हत्या भएको दिदी सपना विकले बताउनुभयो ।

आफूले छोराको शव राम्ररी हेरेको र बीभत्स अवस्थामा शव भेटिएको थियो । पूरै चिरिएको शरीरमा पन्चिङका निशानहरु देखिन्थे । ठाउँठाउँमा रगत र नीलडाम देखिन्थ्यो । शरीरको माथिल्लो भागको कपडा निकालेर खुट्टा उल्टा पारी मुख र घाँटी च्यापेको, सेतो कपडाको डोरीले घाँटी कसेर हत्या गरेको शव नजिकबाट देखेका एक भारतीय नागरिकले समेत हत्या नै गरिएको बताएका थिए ।

घटनापछि भारत पुग्नुभएका रमेश विकले मृतकको घाँटीमा गहिरो घाउ देखिएकाले कमलको हत्या नै भएको आशङ्का गर्नुभयो ।

उहाँले भन्नुभयो, “कमलको हत्या गरिसकेपछि आफैँ आत्महत्या गरेको हो भन्ने देखाउनका लागि कोठाको पङ्खाको एउटा पातामा मात्र डोरी बाँधिएको थियो । जसबाट आत्महत्या गर्न सम्भव छैन । हत्या गरेर कोठाबाट बाहिर निस्केर फरार हुने बेलामा उनीहरुले ढोका आफैँ बन्द गरेको प्रस्ट देखिन्छ । त्यो ढोकामा इन्टर लक भएकाले हत्या गर्नेहरुले नै ढोका बन्द गरेको बुझिन्छ ।”

प्रहरी घटनास्थलमा पुग्दा ढोकाको इन्टरलक तोडेको र ढोकाबाहिर ताला लागेको भिडियो सामाजिक सञ्जालमा आएको हरिषचन्द्र विकले बताउनुभयो । शव उल्टो र दुवै खुट्टा खुम्चेको अवस्थामा थियो । शरीरमा जताततै नीलडाम हुनाले पनि हत्या भएको प्रस्ट भएको र कमलकै कोठामा बसेका साथीहरुले नै हत्या गरेको बुझिएकाले उनीहरुको नाममा जाहेरी दिएको आमा पार्वतीले बताउनुभयो । “उहाँले भन्नुभयो, न्यायका लागि भारतमा सजिलो अवस्था नेपालीका लागि रहेनछ । दोषीलाई पक्राउ गरी कारबाही गर्न र पीडित म एकल महिला र मेरो छोराको न्यायका लागि सहयोग गरिदिन भारतमा रहेका नेपाली दाजुभाइ, सङ्घसङ्गठन, भारत सरकार र नेपाल सरकारसँग अनुरोध गर्दछु ।” रासस