२६ आश्विन २०८१, शनिबार
,
Latest
काभा भलिबलको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्ने कलाकार पौडेलले बनाउनुभयो ‘आवरण यूनिकोड’ दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु… दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैठक रोक्नुस्: नेपाल पक्ष, बैठक रोकिदैन: अध्यक्ष ओली



अ+ अ-

काठमाडौं । नेकपा एमाले स्थायी समितिको बैठक रोकेर एकता  प्रक्रिया अघि बढाउन आग्रह गर्न पुगेका नेता माधब नेपाल पक्षका नेताहरु आफ्ना कुरा राखेर फर्किएका छन् । ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बसिरहेको स्थायी समितिको बैठकमा नेपाल पक्षका नेताहरु भीम रावल , सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र भीम आचार्य  पुग्नुभएको  थियो । 

उहाँहरु समेत रहेको कार्यदलले १० बुदे सहमति गरेर एकताको सन्देश दिने प्रयास गरेपनि नेता नेपालले शेरबहादुर देउवालाई दिएको साथ र समर्थन फिर्ता नलिने अडान राखेपछि सहमति अलपत्र परेको छ । बैठक स्थलमा नै अध्यक्ष ओलीको अनुमति लिएर नेता रावलले आफ्ना भनाईहरु राख्नु भएको थियो  । 

नेता रावलले कार्यदलले काम गरिरहेको कारण बैठक रोकेर पार्टी एकता जोगाउन अध्यक्ष ओलीलाई आग्रह गर्नुभएको थियो । जवाफमा अध्यक्ष ओलीले बैठक कार्यसूची अनुसार नै अघि बढ्ने बताउनु भएको थियो ।  आफनो समूहको भनाई राखेर रावलको टोली फर्किएको छ । बैठकस्थलबाट बाहिरिने क्रममा उपाध्यक्ष भीम रावलले एमाले एकता प्रक्रिया थप जटिल बन्दै गएको प्रतिक्रिया दिनुभयो ।