२१ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस पदाधिकारी बैठक बालुवाटारमा सुरु



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको  बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । 

अपरान्ह ३ बजे बैठक सुरु भएको बैठकमा पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारी अतिरिक्त अन्य नेताहरु पनि सहभागी हुनुहुन्छ । 

मंगलबार सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि बालुवाटारमा काँग्रेस बैठक बसेको छ ।

बैठकमा पार्टीको १४ औं महाधिवेशन र पार्टीबाट सरकारमा पठाउने मन्त्रीका सन्दर्भमा छलफल भइरहेको स्रोतले बतायो ।

आज बिहान मात्र बालुवाटार प्रवेश गर्नुभएको प्रधानमन्त्री देउवाले पदाधिकारी बैठक बालुवाटारमै डाक्नुभएको हो ।