११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक

कृषि कर्ममा तल्लीन दम्पती

कृषि कर्ममा तल्लीन दम्पती
अ अ+ अ-

सुर्खेत । बिहानै झिसमिसेमै पर्शुराम र श्रीमती धर्मा बुढा तरकारी बारीमा पुग्नुहुन्छ । तरकारी बारीमा उम्रिएको झार उखेल्दै तरकारी गोडमेल गर्न बुढा दम्पतीलाई भ्याइनभ्याइ हुन्छ । बिक्रीका लागि योग्य भएको तरकारी टिपेर बजार लैजाने तयारी गर्छन् । बिक्री गर्न मिल्ने तरकारी टिपेर बोरामा राख्ने र खाना खाइसकेपछि तरकारी बिक्रीका लागि बजारतिर लाग्नु बुढा दम्पतीको दिनचर्या नै हो ।

कति तरकारी व्यवसायीहरु त उहाँको बारीमै पुगेर तरकारी किनेर लैजान्छन् । सुर्खेत बराहताल गाउँपालिका–६ ब्युरेनीका बुढा दम्पती सात वर्षदेखि कृषि कर्ममा तल्लीन छन् । उनीहरुले व्यावसायिक तरकारी खेती सुरु गरेको सात वर्ष भयो । बुढा दम्पतीले परम्परागत खेती प्रणालीलाई परिमार्जन गरेर आधुनिक खेतीमा परिणत गरेका हुन् ।

त्यसो त उहाँहरुको पुख्र्यौली पेसा नै कृषि हो । बुबा–हजुरबुबाको परम्परागत खेती प्रणालीको फरक देखाउँदै बुढा दम्पतीले भन्नुभयो, “उहाँहरुले आफ्नो निर्वाहका लागि थोरै खेती गर्नुहुन्थ्यो । हामी आधुनिक तरिकाले धेरै खेती गरिरहेका छाँै । प्रविधिको उपयोग गर्दैै खटिएका छौँ । पहिलाभन्दा धेरै राम्रो आम्दानी भइरहेको छ ।”

आधुनिक तरकारी खेती गर्त थालेपछि तरकारी बारीमा हरियाली छाएको छ । आलु, काउली, साग, गोलभेँडा, धनियाँ, प्याज, भिण्डी, रायो, बन्दागोभीले तरकारी बारी मनमोहक पनि देखिन्छ । पर्शुरामले चार रोपनी जमिनमा तरकारी खेती गर्नुभएको छ । अन्य खेतीभन्दा तरकारी खेतीबाटै राम्रो आम्दानी भइरहेको उहाँले पर्शुरामले सुनाउनुभयो । “अन्य खेती गर्दा लगानीसमेत उठाउन गाह्रो हुन्थ्यो । तरकारी खेतीबाट एक फसलमै लगानीको दोब्बर आम्दानी हुन्छ”, उहाँले भन्नुभयो, “त्यसैले त अन्य खेती गर्न छाडेको हुँ । अब यसलाई अझै बढाउँदै लैजाने योजना छ ।”

उहाँले मौसमअनुसारको तरकारी खेतीबाटै मेहेनतअनुसारको फल र आम्दानी पाउन सकेको बताउनुभयो । उहाँ बारीबाट टिपेको ताजा र आलो तरकारी स्थानीय बजारका साथै प्रदेश राजधानी वीरेन्द्रनगरसम्म बिक्रीका लागि लैजाने गर्नुहुन्छ । बजार पु¥याएको तरकारी तुरुन्तै बिक्री भइहाल्छ । उहाँले तरकारी खेतीसँगै कुखुरापालन पनि गर्नु भएको छ । तरकारी खेतीमा करिब एक लाख रुपैयाँ लगानी गरेका बुढा दम्पती एकाबिहानैदेखि साँझ अबेरसम्म तरकारी तथा कुखुरापालनमा नै व्यस्त हुन्छन् ।

घरखर्च चलाउन झन्डै १० वर्ष भारतमा मजदूरी गरेका बुढा सात वर्षयता भने प्लास्टिकको टनेलमा तरकारी उत्पादन गरेर रमाइरहनुभएको छ । उहाँलाई विगतमा रोजगारीका लागि भारतमा बिताएको समयप्रति पछुतो छ । उहाँँ भन्नुहुन्छ, “त्यो समयमा गाउँमै बसेर यसरी तरकारी खेती गर्न पाएको भए यतिबेला आर्थिक हिसाबले बलियो बन्ने रहेछु । ढिलै भए पनि आफ्नै व्यवसाय गर्न सकेको छु”, उहाँ भन्नुहुन्छ, “अरूको देशमा गएर पसिना बगाउनुभन्दा आफ्नै देश तथा गाउँठाउँमा केही गरौँ, काम भनेको सानो ठूलो हुँदैन ।”

बुढा दम्पती आफूहरूले सात वर्षदेखि तरकारी व्यवसायमा काम गर्दा प्राविधिकको जस्तै धेरै अनुभव बटुलिसकेको बताउनुहुन्छ । “अहिले त गाउँमा कसैको तरकारी बारीमा केही समस्या आए हामीले नै समस्या समाधान गरिदिन्छौँ”, बुढा दम्पतीले एकसाथ भन्नुभयो, “कुन रोग किराको प्रकोप भए के लक्षण देखिन्छ र कुन विषादी प्रयोग गर्नेबारे हामीले नै अरू किसानलाई सल्लाह दिन्छौँ ।” तरकारी बेचेरै बुढा दम्पतीले सबै खर्च कटाएर वार्षिक साढे दुई लाख बचत गर्छन् । उनीहरुको देखासिकी गरेर गाउँका धेरैले तरकारी लगाएका छन् ।

अहिले तरकारी खरिद गर्न व्यापारीहरू नै बारीमा आउने गरेको धर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “थोक बिक्रीका लागि व्यापारीहरु बारीमै आइपुग्छन् भने कहिलेकाहीँ श्रीमान्ले पनि बजार लैजानुहुन्छ ।” उहाँले दैनिक एकदेखि डेढ क्विन्टलसम्म तरकारी बिक्रीका लागि बजार पठाउने गरेको बताउनुभयो ।

तरकारी खेतीका लागि बाँदर र पानी मुख्य समस्याका रुपमा रहेको बताउँदै उहाँ किसानलाई सहज कर्जा, मल, बीऊ तथा प्रविधिको अनुदानमा सबैको समान पहुँच स्थापित गरी राहत, अनुदान तथा कृषि बिमाको प्रभावकारी व्यवस्था गर्नुपर्ने माग गर्नुहुन्छ । उहाँका अनुसार अहिले ब्युरेनीका ४५ घरले तरकारी खेती गर्न थालेका छन् ।

कुखुरापालन पनि सँगसँगै

तरकारी खेतीसँगै बुढा दम्पत्तीले कुखुरापालन व्यवसायलाई पनि सँगसँगै अघि बढाएका छन् । तरकारी खेतीका लागि मलको आवश्यकता पर्ने भएकाले कुखुरापालन व्यवसायलाई पनि सँगसँगै अघि बढाएको बुढा दम्पत्तीको भनाइ छ । उनीहरुको खोरमा ५०० ब्रोइलर कुखुरा छन् ।

एक लाख ५० हजार रुपैयाँबाट सुरु गरेको कुखुरापालन व्यवसायले अहिले मासिक ५० हजार रुपैयाँ आम्दानी दिइरहेको बुढा दम्पती बताउँछन् । कुखुराको दानाको मूल्यमा उचारचढाव हुँदा आम्दानी पनि घट्ने–बढ्ने हुन्छ । कुखुरापालन गरिरहेका बुढा दम्पत्तीले एक वर्षयता गाउँमै मासु पसल पनि सञ्चालन गरिरहेका छन् । दैनिक कम्तीमा २० देखि २५ किलोसम्म कुखुराको मासु गाउँमै खपत हुने गरेको बताउँदै बुढा दम्पती भन्नुहुन्छ, “मासु पसलबाट दैनिक करिब पाँच हजार रुपैयाँको व्यापार भइरहेको छ ।”

कहिलेकाहीँ कुखुरामा देखिने विभिन्न रोगले सताउने गरेको परशुराम बताउनुहुन्छ । “गाउँमा व्यवसाय गर्दा केही चुनौती छन् । प्राविधिक र औषधि अभावमा कहिलेकाहीँ समस्या आउँछ । कुखुराको बजार भाउ पनि राम्रो छ”, उहाँले भन्नुभयो । उहाँले लगानीअनुसार आम्दानी भइरहेकामा सन्तुष्टि पनि व्यक्त गर्नुभयो । छोटो समयमै आफ्नै मेहेनतले बुढा दम्पती गाउँकै उदाहरणीय कृषक बन्नु भएको छ । कृषि पेशाबाटै बुढा दम्पत्तीले तीन छोराछोरीलाई सुर्खेतको निजी विद्यालयमा पढाउन सक्नुभएको छ । रासस