५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आमा मै हुँ तिम्रो कविता…



अ+ अ-

“जब म
कविता लेख्न बस्छु
मेरो छोराले
कलम खोस्छ
कापीमाथि आसन जमाउँछ

मौन भाषामा भनेझैँ लाग्छ
“आमा मै हुँ तिम्रो कविता …”

माघे सङ्क्रान्तिको दिन बिहान पोखरेली साहित्यकारको जमघटका बीचमा कवयत्री सरस्वती श्रेष्ठ सरुले ‘मेरो कविता’ शीर्षकको यो कविताबाट आफ्नो एकल वाचन सुरु गर्नुभएको थियो । पोखरेली साहित्यकारको साहित्यिक अभियान ‘पुछारसिटे अभियान’ पोखराद्वारा आयोजित एकल कविता वाचनको । कार्यक्रमको नाम नै थियो, ‘घ्यू, चाकु र तरुलसँग कविता’ पुछारसिटमा सरस्वती ।’

अभियानको यो एकल कविता वाचनको छैटौँ शृङ्खलामा कविता वाचकका रूपमा उहाँलाई उभ्याएको अभियानका संयोजक युवा साहित्यकार सञ्जीव पौडेलले बताउनुभयो । कार्यक्रममा कवयत्री सरुले आफ्ना रचना वाचनसँगै बीचबीचमा आफ्नो कविता लेखन यात्रा, जीवन, तत्कालीन र वर्तमान समाजको अवस्थाबारे आफ्ना अनुभव र अनुभूति प्रस्तुत गर्नुभएको थियो ।

झण्डै डेढ दर्जन बढी कविता वाचन गर्नुभएकी उहाँको
‘म’ शीर्षकको कवितामा

“तिमी बिहानै बिहानै
नहल्लाउनु दुबोको पात ।
ए हावा !
सुस्तरी छुनु फूलका पत्रहरूमा
सुस्तरी चाल्नू पाइलाहरू
म ढल्पलाउन सक्छु
पोखिन सक्छु ।

नानीहरू नरुनु पुतली च्यात्तिएको दुःखमा
आमाहरू नरुनु सन्तान परदेशिएको वियोगमा
म झर्न सक्छु आँखाको डिलबाट ।

चराहरू सुस्तरी चिरबिराउनु
आवाजले झस्किएर म पोखिन सक्छु
नठोकिनू पत्थरले पनि
मनको घडामा
म छचल्किन सक्छु
ठोकिनै परे फूल भएर ठोकिनु ।

सुस्तरी उघार्नु ढोका
धक्का नदिनु मलाई
म आज तरल भएकी छु
शीत, आँसु या यस्तै केही भएकी छु ।” उल्लेख छ ।

कार्यक्रममा नै कवयत्री श्रेष्ठले कवि लक्ष्मी थापा र रोशन तिमिल्सिनालाई आफ्ना एक एक वटा कविता वाचन गर्न दिनुभएको थियो ।

कार्यक्रममा अभियानका सल्लाहकार लक्ष्मण थापा, विम्बकवि रमेश श्रेष्ठ दीपक समिप, प्राज्ञ हरिदेवी कोइरालालगायत पोखरेली साहित्यकारको उपस्थिति थियो । अभियानअन्तर्गत असार १५ मा दही चिउरासँग कविता र माघ १ गते घ्यूउ चाकु र तरुलसँग कविता नाममा वर्षमा दुईपटक एकल कविता वाचन कार्यक्रम सञ्चालन गर्दै आइएको छ । अभियानले ओझेलमा परेका कवि तथा साहित्यकारलाई विभिन्न कार्यक्रमका साथ प्रस्तुत गर्दै आएको उहाँले बताउनुभयो । रासस