२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कौवा मेरो सेलपुरी खा’



अ+ अ-

दोधारा चाँदनी । आज माघे सङ्क्रान्ति अर्थात् नरहरि पर्व सुदूरपश्चिममा प्रदेशमा हर्षोल्लासका साथ मनाइँदै छ । विशेषगरी कागलाई बोलाएर सेलरोटी दिएर सुदूरपश्चिममा नरहरि पर्व मनाउने प्रचलन रहिआएको छ ।

शास्त्री जनार्जन अवस्थीका अनुसार माघ १ गतेका दिन बिहानै घरका सबै सदस्यले नुहाएर घरका केटाकेटीले बिहानै कागलाई बोलाउने गरिन्छ । “ कौवाका मेरो सेलपुरी खा १” भन्दै घरको धुरीमा सेलपुरी राखेर कागलाई रोटी खान बोलाउने परम्परा रहिआएको उहाँले बताउनुभयो । “पुस मसान्तमा पकाएको मीठो परिकार सुरुमा पाकेको कागलाई छुट्याइन्छ”, उहाँले भन्नुभयो, “बिहानै उठेर साँझ राखेको सेलरोटी घरको छतमा राखेर कागलाई खान बोलाइन्छ ।”

उहाँका अनुसार भगवान रामले कागलाई तिहार दिएको हुनाले यो दिन कागलाई बोलाएर मिठो मसिनो खानेकुरा दिने गरिन्छ । नरहरि पर्वलाई सुदूरपश्चिममा महत्वका साथ हेरिन्छ । “यही पर्वमा पाकेको परिकारलाई पुसको पाक्य माघको खाक्य भनेर पनि भन्ने गरिन्छ”, उहाँले भन्नुभयो, “यस दिन छोरीलाई पनि माइतमा बोलाएर मीठो–मसिनो खुवाउने चलन छ ।”

प्रगतिशील लेखक सङ्घ सुदूरपश्चिमका अध्यक्ष रमेश पन्त मीतबन्धुले नरहरि पर्व सुदूरपश्चिमेलीहरूको प्रमुख पर्व भएको बताउनुभयो । “विषेशगरी यो पर्वमा कागलाई बोलाएर रोटी खान दिने चलन हो”, उहाँले भन्नुभयोे, “नरहरिकै अवसरमा छोरीलाई माइतमा बोलाइन्छ सबै आफन्त एकापसमा भेला भएर मौलिक खानाका परिकार र कन्दमूलहरू खाने परम्परा छ ।” विशेषगरी नरहरिमा तरुल, तिल र सखरका परिकार खाने गरिन्छ । तिल र सखर खाँदा जाडोमा शरीरलाई ऊर्जा दिने भएकाले कन्दमुल खाने गरिन्छ ।

माघ महिनालाई महात्म्य महिनाका रूपमा मनाउने चलनअनुसार सुदूरपश्चिममा माघ पहिलो दिनलाई नरहरि पर्वका रूपमा मनाउने चलन रहेको पण्डित विष्णुदत्त पन्तले बताउनुभयो । उहाँले माघे सङ्क्रान्ति अर्थात् नरहरि पर्वका दिन विभिन्न नदीनाला र धामहरूमा गएर स्नान गर्नुका साथै पूजाआजा गर्ने प्रचलन रहेका बताउनुभयो ।

सोही दिनदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फबाट प्रवेश गर्ने हुँदा दिन लम्बिँदै जाने र रात छोट्टिँदै जाने जनविश्वास रहिआएको छ । नेपालमा बहुल जाति र समुदायको बाहुल्य रहेकाले विभिन्न जात र समुदायका मानिसले भिन्न तरिकाले यो पर्व मनाउने गरेको उहाँ बताउनुहुन्छ । “यो पर्व थारू समुदायले नयाँ वर्ष अर्थात् माघी धनेर मनाउँछन् अन्य समुदायले नरहरि मनाउँछन्”, उहाँले भन्नुभयो, “नरहरिमा सुदूरपश्चिमका धार्मिकस्थलमा घुइँचो लाग्ने गर्छ ।”

आज बिहानैदेखि कञ्चनपुरमा महाकाली नदी किनारका घाटहरू, कैलालीको गोदावरी धाम, डडेल्धुराको परशुराम धाम र कैलालीको हरिहरघाटलगायत यहाँका विभिन्न धार्मिकस्थलमा गएर स्नानका साथै पूजाआजा गर्नेको भीड लागेको छ । रासस