२६ आश्विन २०८१, शनिबार
,
Latest
कलाकार पौडेलले बनाउनुभयो ‘आवरण यूनिकोड’ दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु… दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना
तपाईं के खोज्दै हुनुहुन्छ ?

अचानक विशेषका चार न्यायाधीशको सरुवा



अ+ अ-

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले विशेष अदालतका चार न्यायाधीशको सरुवा गरेका छन्। ललिता निवास जग्गा प्रकरणमा पक्राउ पुर्जी जारी भइ विगत डेढ वर्षदेखि फरार रहेका नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारलाई धरौटीमा रिहा गरेलगत्तै विशेष अदालतका अध्यक्षसहित ४ जना न्यायाधीशको अचानक काज सरुवा गरिएको हो।  

 बुधबार मात्रै गच्छदारको मुद्दामा सुनुवाइपछि आदेश दिएका अध्यक्ष आफैं सरुवा भएका छन्।  न्यायाधीश प्रेमराज कार्की, न्यायाधीश अब्दुल अजिज मुसलमान र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले गच्छदारलाई धरौटीमा छाड्ने आदेश दिएका थिए।

धरौटीमा छाड्ने आदेश दिएको पर्सिपल्ट नै अध्यक्ष प्रेमराज कार्कीलाई इलाम सरुवा गरिएको छ भने न्यायाधीश बालेन्द्र रुपाखेतीलाई पाटन अदालत, न्यायाधीश शान्ति सिंह थापालाई राजविराज अदालत, न्यायाधीश चन्द्रबहादुर सारुलाई सुर्खेत अदालतमा सरुवा गरिएको हो ।

विशेष अदालतमा अध्यक्षसहित ६ जना मात्र न्यायाधीश भएपनि अध्यक्षसहित ४ जना न्यायाधीशको एकैपटक सरुवा भएपछि अब विशेषमा दुई जना न्यायाधीशहरु अब्दुल अजिज मुलसमान र नित्यानन्द पाण्डेय मात्रै बाँकी रहेका छन्। यी दुवै जना गच्छदारको मुद्दामा सुनुवाइ गर्ने न्यायाधीश हुन्।