२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

राक्सिराङ गाउँसभाबाट सात प्रस्ताव पारित



अ+ अ-

मकवानपुर । मकवानपुरको उत्तरी दुर्गम क्षेत्रका रुपमा रहेको राक्सिराङ गाउँपालिकाको सम्पन्न १३औँ गाउँसभा वैठकबाट सो गाउँपालिकाको अर्धवार्षिक समीक्षासहित सात प्रस्ताव पारित गरिएको छ ।

राक्सिराङ गाउँपालिकाको केन्द्र चैनपुरमा भएको सो सभामा कार्यपालिका सदस्य तथा वडा नं १ का वडाध्यक्ष बाविराम मोक्तानले चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा तथा सात वटा प्रस्ताव अनुमोदनका लागि प्रस्तुत गरेका थिए । चालु आर्थिक वर्षको छ महिनाको अवधिमा १४.१६ प्रतिशत बजेट खर्च भएको गाउँपालिकाले जनाएको छ ।

चालु आर्थिक वर्षमा रु ४० करोड २९ लाख बजेट विनियोजन भएकामा सो गाउँपालिकाले चालु आर्थिक वर्षको छ महिनामा अर्थात् हालसम्म रु ६० लाख सात हजार खर्च गरेको प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सभा वैठकले न्यायिक समितिको वार्षिक प्रतिवेदन तथा मेलमिलापकर्ताको नाम अनुमोदन गर्नेसम्बन्धी प्रस्तावका साथै सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गर्नेसम्बन्धी प्रस्ताव पनि सर्वसम्वत पारित गरेको छ । यसैगरी सभा वैठकले स्थानीय तह संस्थागत स्वमूल्याङ्कन नतिजा माथि छलफल गर्ने प्रस्ताव पारित गरेको थियो भने गाउँपालिका उपाध्यक्ष वनस्तम थिङद्वारा प्रस्तुत वार्षिक बजेट तथा कार्यक्रम संशोधनसम्बन्धी प्रस्ताव पनि पारित गरिएको थियो ।

आकास्मिक कार्यका लागि अधिकार प्रत्यायोजन र हालसम्म भए/गरेका निर्णय अनुमोदनसम्बन्धी प्रस्ताव पनि गाउँसभाबाट सर्वसम्वतले स्वीकृत गरिएको छ । साथै आर्थिक वर्ष २०७७/७८ सम्मको बेरुजु नियमित गर्नेसम्बन्धी प्रस्तावमाथि पनि छलफल भई गाउँसभाबाट सर्वसम्मतले स्वीकृत भएको छ ।

गाउँपालिकाको उद्घाटनसत्रमा गाउँपालिकाको विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई पुरस्कृत तथा सम्मानित गरिएको थियो । गाउँपालिका अध्यक्ष राजकुमार मल्लको सभा अध्यक्षतामा भएको वैठकमा प्रशासकीय अधिकृत देवचन्द्र गड्तौलाले गाउँपालिकाको अवस्थाबारे जानकारी गराएका थिए । रासस