२६ आश्विन २०८१, शनिबार
,
Latest
दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु… दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपेन्द्र यादव समूह को यस्तो निर्णय, अब के गर्लान देउवा ?



फाइल फोटो
अ+ अ-

काठमाडौं । वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा राष्ट्रिय जनता पार्टी नेपाल (जसपा) को उपेन्द्र यादवपक्ष सरकारमा जाने भएको छ । शनिबार बसेको यादवपक्षको संसदीय दलको बैठकले  सरकारमा सहभागी हुने निर्णय गरेको हो । 

जसपाका कार्यकारिणी सदस्य एवम् सांसद मोहम्मद इस्तियाक राईले १९ जनाको उपस्थितिमा सम्पन्न बैठकले सत्ता पक्षको बेञ्चमा बस्ने निर्णय गरेको बताए । संसदमा जसपामा ३२ जना सांसदहरुको उपस्थित रहेको छ । 

 उनका अनुसार जसपाको तत्काल कायम रहेको सांसद सङ्ख्याको बहुमत सांसद सहभागी संसदीय दलको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो । पुनस्थापित प्रतिनिधिसभाको बैठक आइतबार अपराह्न बस्दैछ । 

जसपाको यादव समूहको आजको बैठकमा १७ सङ्घीय सांसद र तीनजना राष्ट्रियसभाका सदस्य गरी १९ सदस्य सहभागी भएको सांसद राईले बताए । जसपाको दुवै सदनका सांसदको सङ्ख्या ३५ छ । सङ्घीय सांसद ३२ र राष्ट्रियसभामा तीन सांसद छन् ।  

यस्तै जसपा नेता मोहम्मद इस्तियाक राईका अनुसार आजको बसेको संसदीय दलको अनौपचारिक बैठकले आठ जना मन्त्री मागेको हो ।