२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले स्थायी कमिटी बैठक रोक्न नेपाल पक्षको पुनः आग्रह



अ+ अ-

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले एमाले एकताका लागि स्थायी कमिटी बैठक रोक्न पुनः आग्रह गरेको छ ।  ओलीपक्षले बैठक रोक्न तयार नभएर पुनः आइतबारका लागि स्थायी कमिटी बैठक बोलाएका छन्।

एमाले सचिव भीम आचार्यका अनुसार बालकोटमा भएको छलफलमा आफूहरूले आइतबारको बैठक रोक्न आग्रह गरेको बताए।

'अहिले अनौपचारिक छलफल गरेर १० बुँदे कार्यान्वयनमा लैजानुपर्छ। त्यसको लागि तपाईँ र माधव नेपाल बस्नुपर्छ भनेर हामीले भन्यौ,ु आचार्यले भने, ‘जवाफमा पार्टी अध्यक्षले सधै बैठक रोकेर त कसरी हुन्छ र भन्नुभएको छ। हेरौं अब के गर्नुहुन्छ।'

दुई नेताबीचको छलफललाई सहजिकरण गर्न र कुराकानीको वातावरण सहज बनाउन अध्यक्षसँग आग्रह गरेको एमाले सचिव आचार्यले बताए। एक आपसमा भनाभन र गाली गर्ने कुरालई पूर्ण रुपमा बन्द गर्नसमेत आफूहरूले भनेको उनले बताए।

दुई नेताबीचको छलफललाई सहजिकरण गर्न र कुराकानीको वातावरण सहज बनाउन अध्यक्षसँग आग्रह गरेको एमाले सचिव आचार्यले बताए। एक आपसमा भनाभन र गाली गर्ने कुरालई पूर्ण रुपमा बन्द गर्नसमेत आफूहरूले भनेको उनले बताए।

यता ओली निकट पार्टी सचिव प्रदिप ज्ञवालीले १० बुँदे सहमतिलाई आफूले स्वीकारीसकेकाले पार्टीमा आएर काम गर्न अध्यक्षले आग्रह गरेको बताए।

१० बुँदेको आधारमा पार्टीलाई एकताबद्ध बनाउन पार्टी अध्यक्षले भूमिका खेल्नुपर्ने धारणा आफूहरूले राखेको एमालेका अर्का सचिव गोकर्ण विष्टले बताए।

आफूहरुले सोमबार वरिष्ठ नेता नेपाललाई भेट्ने सचिव विष्टले बताए।