५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली–नेपाल टाढिने दिशामा



अ+ अ-

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली शुक्रबार कार्यदल विघटन गरे । तर कार्यदलमा रहेका दोस्रो तहका नेताहरु शनिबार बिहानैदेखि पार्टी मिलाउने अभियानमा जुटे ।

कार्यदलका नेताहरुले शनिबार अनौपचारिक बैठक गरेर पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधव कुमार नेपाललाई एकताका लागि दबाब जारी राख्ने निर्णय गरे । पार्टी मिलाउन अध्यक्ष ओलीपक्षीय र वरिष्ठ नेता नेपाल पक्षधर ५र५ जना नेता रहेको कार्यदल गठन भएको थियो । नेता नेपालसँग सहमति नजुट्दै अध्यक्ष ओलीले शुक्रबार स्थायी कमिटीको बैठक राखेर कार्यदल विघटन गरी १० बुँदे प्रतिवेदन अनुमोदन गराएका थिए ।

पार्टी जीवन संकटमा परेका बेला दोस्रो तहका नेताहरुको अभियानले कार्यकर्तामा एकताको झिनो आशा बाँकी रहे पनि अध्यक्ष ओली र नेता नेपालबीचको बढ्दो द्धन्द्धले स्थिति संलिसकेको छैन ।

एमाले र माओवादी केन्द्र अलग्याउने सर्वोच्चको फैसलापछि एमालेभित्रको द्धन्द्ध समाधन गर्न अनेकन प्रयत्न भए । तर एमाले न फुट्न सकेको छ, न जुट्न नै सकेको छ । दोस्रो तहका नेता पार्टी मिलाउन जोडतोडले लागेका छन् तर शीर्ष नेता अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल मिल्नेभन्दा टाढिने दिशामा अग्रसर छन् । यो समाचार अन्नपूर्ण पोस्टमा छ ।