५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपको पुनरावेदनमा सुनुवाइ जारी



फाईल फोटो
अ+ अ-

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदनमा सुनुवाइ भइरहेको छ । पाटन उच्च अदालतका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ । उनको पेशी तेस्रो नम्बरमा रहेको छ ।

बलात्कार आरोपमा कारागारमा रहका लामिछानेले पाटन उच्च अदालतमा पुनरावेदन दिएका थिए । पछिल्लोपटक यही पुस २१ गते सन्दीपका वकिलले पेशी स्थगित गरेका थिए । उनको पेशी दोस्रो पटक हेर्न नभ्याइने सूचीमा परेपछि स्थगित भएको थियो ।

नाबालिगमाथि बलात्कार गरेको आरोपमा लामिछाने गत असोज २० गते पक्राउ परेका थिए । राष्ट्रिय क्रिकेट टोलीका तत्कालीन कप्तान लामिछाने अहिले केन्द्रीय कारागारमा छन् ।