काठमाडौं । जसपा उपेन्द्र पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरिसकेको छ।
विश्वासको मतका लागि आज हुने मतदानमा कसरी प्रस्तुत हुने विषयमा छलफल गर्न सो समूहको संसदीय दलको बैठक बसेको छ ।
बैठकमा १९ सांसदहरु उपस्थित भएका थिए । जेष्ठ सांसद महेन्द्र रायको अध्यक्षतामा बसको बैठकले १९ सांसदले नै हस्ताक्षरसहित देउवा सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ ।