८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने

लुम्बिनी प्रदेश: आज मुख्यमन्त्रीमा दाबी पेश गर्दै एमालेका लिला गिरी

लुम्बिनी प्रदेश: आज मुख्यमन्त्रीमा दाबी पेश गर्दै एमालेका लिला गिरी
अ+ अ-

लुम्बिनी प्रदेशमा आज मुख्यमन्त्रीमा नेकपा (एमाले) का प्रदेश संसदीय दलका नेता लिला गिरीले दाबी पेश गर्दै हुनुहुन्छ ।

आज अपराह्न ४ बजेसम्म संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुख अमिक शेरचनले समय दिनुभएको छ । सोही समयभित्र गिरीले नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र दुई स्वतन्त्र प्रदेशसभा सदस्यसहित मुख्यमन्त्रीमा दाबी पेश गर्न लाग्नुभएको हो ।

लुम्बिनी प्रदेशमा सरकार गठनका लागि कुनै पनि दलको एकल बहुमत नभएकाले दुई वा दुईभन्दा बढी दलका प्रदेशसभा सदस्यको समर्थनमा सरकार गठन हुन लागेको हो । प्रदेशमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, जनमत पार्टीका ३ र स्वतन्त्र २ गरी कूल ५५ सदस्यको समर्थनमा सरकार बन्न लागेको हो ।

कूल ८७ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ४४ सदस्यसहितको बहुमत चाहिन्छ । केन्द्रीय सत्ता गठबन्धनमा एमालेलाई पूरा ५ वर्ष मुख्यमन्त्री दिने सहमति भएको छ । तर प्रदेश माओवादी केन्द्रले केन्द्रीय सत्ता गठबन्धनमा भएको सहमतिप्रति असन्तुष्टि जनाएको छ । माओवादी केन्द्रले आधा–आधा कार्यकाल एमाले र माओवादी केन्द्रले सत्ता सञ्चालन गर्नुपर्ने बताउँदै आएको थियो ।