२६ आश्विन २०८१, शनिबार
,
Latest
मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने तीन प्रदेशमा वर्षाको सम्भावना हर्षोल्लासका साथ विजया दशमी मनाइँदै: कति बजे छ साइत, कता फर्किएर टीका थाप्ने ? चचहै, चचहै (तस्विरहरू)
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीन र सिरियाका विदेशमन्त्रीबीच भेटवार्ता



अ+ अ-

दमासकस । चीन र सिरियाका विदेशमन्त्रीले द्धिपक्षीय सम्बन्धको थप सुदृढ गर्ने विषयमा सहमत हुनुभएको छ । उहाँहरुबीच शनिबार सिरियाको दमासकसमा भेटवार्ता भएको थियो । उहाँहरुबीच आपसी सहयोग र समझदारी बढाउने विषयमा सहमति भएको हो ।

चिनियाँ विदेशमन्त्री वाङ यी हाल सिरियाको भ्रमणमा हुनुहुन्छ । उहाँले शनिबार दमासकसयमा सिरियाली विदेशमन्त्री फाइजल मेकदादसँग भेटवार्ता गर्नुभएको थियो । यी दुई देशबीच ६५ वर्ष अघि नै कूटनीतिक सम्बन्ध स्थापना भएको स्मरण गर्दै चीन र सिरियाबीचको यो लामो सम्बन्ध सुमधुर रहेको बताउनुभएको थियो ।

त्यस अवसरमा सिरियामा शान्ति र यहाँको विकासका लागि चीन सधैँ सकारात्मक रहेको भन्दै चिनियाँ विदेशमन्त्री वाङले आगामी दिनमा पनि चीनले सिरियालाई आवश्यक सहयोग गर्ने बताउनुभएको हो । सिरियामा लामो समयदेखि हिंसात्मक क्रियाकलाप जारी रहेका भन्दै उहाँले चीन सधैँ सिरियाली नागरिक र सिरियाका पक्षमा रहेको धारणा पनि राख्नुभएको थियो ।

त्यस अवसरमा चिनियाँ विदेशमन्त्री वाङले हालै कोभिडका कारण समस्यामा परेको सिरियाका लागि कोभिड १९ का विरुद्धको खोप तथा अन्य औषधि तथा स्वास्थ्य सामग्रीहरु सहयोग गर्ने जानकारी पनि दिनुभएको थियो । (रासस-सिन्ह्वा)