२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीन र सिरियाका विदेशमन्त्रीबीच भेटवार्ता



अ+ अ-

दमासकस । चीन र सिरियाका विदेशमन्त्रीले द्धिपक्षीय सम्बन्धको थप सुदृढ गर्ने विषयमा सहमत हुनुभएको छ । उहाँहरुबीच शनिबार सिरियाको दमासकसमा भेटवार्ता भएको थियो । उहाँहरुबीच आपसी सहयोग र समझदारी बढाउने विषयमा सहमति भएको हो ।

चिनियाँ विदेशमन्त्री वाङ यी हाल सिरियाको भ्रमणमा हुनुहुन्छ । उहाँले शनिबार दमासकसयमा सिरियाली विदेशमन्त्री फाइजल मेकदादसँग भेटवार्ता गर्नुभएको थियो । यी दुई देशबीच ६५ वर्ष अघि नै कूटनीतिक सम्बन्ध स्थापना भएको स्मरण गर्दै चीन र सिरियाबीचको यो लामो सम्बन्ध सुमधुर रहेको बताउनुभएको थियो ।

त्यस अवसरमा सिरियामा शान्ति र यहाँको विकासका लागि चीन सधैँ सकारात्मक रहेको भन्दै चिनियाँ विदेशमन्त्री वाङले आगामी दिनमा पनि चीनले सिरियालाई आवश्यक सहयोग गर्ने बताउनुभएको हो । सिरियामा लामो समयदेखि हिंसात्मक क्रियाकलाप जारी रहेका भन्दै उहाँले चीन सधैँ सिरियाली नागरिक र सिरियाका पक्षमा रहेको धारणा पनि राख्नुभएको थियो ।

त्यस अवसरमा चिनियाँ विदेशमन्त्री वाङले हालै कोभिडका कारण समस्यामा परेको सिरियाका लागि कोभिड १९ का विरुद्धको खोप तथा अन्य औषधि तथा स्वास्थ्य सामग्रीहरु सहयोग गर्ने जानकारी पनि दिनुभएको थियो । (रासस-सिन्ह्वा)