२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महन्थ ठाकुर पक्षले पनि देउवालाई विश्वासको मत दिने



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)नेपालको महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । 

​प्रधानमन्त्री देउवाले ठाकुरलाई पत्र नै पठाएर विश्वासको मत दिन आग्रह गरेका थिए । पत्र पठाएपछि काँग्रेस र जसपा ठाकुर पक्षबीच संघीय संसद् भवनमा छलफल भएको थियो । 

देउवाले ठाकुरलाई मधेशको माग पुरा गर्ने आश्वासन दिएपछि ठाकुर पक्षले पनि उनलाई विश्वासको मत दिने निर्णय गरेको हो । 

जसपाको अर्को पक्ष उपेन्द्र यादव समूहले यसअघि नै देउवालाई मत दिने निर्णय गरिसकेको छ । संसदमा जसपाका ३२ जना सांसद छन् ।