१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो

निर्माण सुरु भएको साढे छ वर्षमा पनि सकिएन नख्खु–बुङमती सडक

निर्माण सुरु भएको साढे छ वर्षमा पनि सकिएन नख्खु–बुङमती सडक
अ अ+ अ-

काठमाडौँ । निर्माण सुरु भएको साढे छ वर्ष बित्दासमेत पाँच किमी लम्बाइको नख्खु–बुङमति सडक सम्पन्न हुन सकेको छैन ।

लामो समयसम्म सडक निर्माणस्थल (साइट) का कारण निर्माण रोकिएकामा पछिल्लो समय सडकमा रहेका संरचना हटाउन नसक्दा निर्माण सम्पन्न हुन नसकेको हो । पछिल्लो पटक चैतसम्मका लागि अवधि थप भएकाले त्यो अवधिमा सकाउनुपर्ने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

लामो समय सडक विस्तारका कारण अघि बढ्न नसकेको र पछिल्लो समयमा विभिन्न समस्या एकपछि अर्को आइरहेकाले निर्माणमा अवरोध पुगेको आयोजनाका सूचना अधिकारी महानन्द जोशीले बताउनुभयो । उहाँका अनुसार सो सडकमा बिजुलीका खम्बा अझै हटाउन सकिएको छैन भने खानेपानीका पाइप पनि फुटेर पटक पटक समस्या आइरहेको छ । उहाँले भन्नुभयो, “कालोपत्र गर्न ग्रेड मिलाउन लाग्दा खानेपानीको पाइप फुटिरहेको छ ।”

पहिले डिजाइनमा भएको भन्दा सडकमा विभिन्न कुरामा परिवर्तन गर्नुपरेकाले सडक विभागसँग स्विकृतिका लागि पठाइएको प्रवक्ता जोशीले बताउनुभयो । सडक निर्माणका क्रममा चौडाइ बढ्दा र घट्दा वा अरू कुरामा परिवर्तन हुँदा विभागले स्वीकृति दिएपछि काम गर्न सकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “विभागबाट स्वीकृति दिएपछि मात्रै आयोजनाले भुक्तानी गर्न सक्नेछ ।”

बुङमतीसम्मको अन्तिम विन्दुतर्फ कालोपत्र भएको र बीचमा कतै मन्दिर कतै जग्गा उपलब्ध नहुँदा बनाउन नसकिएको उहाँले बताउनुभयो । नख्खु खोलाबाट अघि बढ्दा उकालोमा झन्डै आठ सय मिटरमा बढी समस्या रहेको छ । सो सडकको निर्माण दुई ठेक्कामार्फत अघि बढाइएको थियो । नख्खु खोलाबाट भैँसेपाटी तीन दशमलव ५२ किमी र भैँसेपाटी–बुङमती एक दशमलव ५५ किमी रहेको छ ।

उपत्यकामा विस्तारका क्रममा रहेका सडकमध्ये बढी चौडाइ कायम भएको सडकमा नख्खु–बुङमती सडक रहेको छ । अधिकांश स्थानमा चौडाइ २० मिटर कायम गर्न सकिएको र थोरै ठाउँमा मात्रै नसकिएको सूचना अधिकारी जोशीले बताउनुभयो । बीस मिटर चौडा गर्ने गरी सडक निर्माणको ठेक्का भएको थियो । सोअनुसार नै भएका ठाउँमा पैदलयात्रु मार्ग, पानी जाने ड्रेन बनाइएको र कम चौडाइ भएका ठाउँमा बनाउन नसकिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “खासगरी भित्री बस्ती रहेका ठाउँमा चाहेर पनि चौडाइ बढाउन सकिएको थिएन ।”

सडक निर्माणको काम विसं २०७३ असारदेखि सुरु भएको थियो । सडकको चौडाइ २० मिटर हुने र सडकमा वर्षाको पानी जाने पाइप, पैदलयात्रु मार्गलगायतका संरचना निर्माण गरिने ठेक्का सम्झौतामा उल्लेख थियो । आशिष बिरुवा सिएम जेभीले एउटा र पप्पु महालक्ष्मी वल्डवाइड जेभीले अर्को खण्ड निर्माण गर्ने गरी सम्झौता भएको थियो । रासस