२६ आश्विन २०८१, शनिबार
,
Latest
मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने तीन प्रदेशमा वर्षाको सम्भावना हर्षोल्लासका साथ विजया दशमी मनाइँदै: कति बजे छ साइत, कता फर्किएर टीका थाप्ने ? चचहै, चचहै (तस्विरहरू)
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद अधिकारद्वारा कोरोना विरुद्धको खोपमा कमी आउन नदिन सरकारको ध्यानाकर्षण



अ+ अ-

सत्तारुढ दल नेपाली काँग्रेसले कोरोना विरुद्धको खोपमा कमी आउन नदिन सरकारको ध्यानाकर्षण गराएको छ । आईतबारबाट सुरु भएको राष्ट्रिय सभाको नवौं अधिवेशनको शुभारम्भमा बोल्दै नेपाली काँग्रेसका सांसद राधेश्याम अधिकारीले कोरोनाविरुद्धको खोपमा कमी आउन नदिन सरकारसँग आग्रह गर्नु भएको हो । 

त्यसै गरी उहाँले मनसुनी वर्षासँगै आएको बाढि, पहिरो र डुबान प्रभावितहरुका लागि तत्काल राहतको व्यवस्था गर्न पनि सरकारसँग अनुरोध गर्नु भयो । “सरकारले आउने दिनमा कोरोना विरुद्धको खोपमा कमी आउन दिने छैन । सरकारले आफ्नो लक्ष्य अनुसार नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई खोपको आवश्यक व्यवस्था गर्नेछ भन्ने विश्वास व्यक्त गर्दछु ।”

सांसद अधिकारीले मुलुकमा सुशासन र समृद्धि ल्याउने गरी कानुन निर्माण गर्नुपर्ने, सत्तापक्ष, प्रतिपक्ष सबै दलले हातेमालो गरेर आवश्यक्ता अनुसार संविधान संशोधन गर्दै लैजानुपर्नेमा पनि जोड दिनु भयो ।