२६ आश्विन २०८१, शनिबार
,
Latest
मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने तीन प्रदेशमा वर्षाको सम्भावना हर्षोल्लासका साथ विजया दशमी मनाइँदै: कति बजे छ साइत, कता फर्किएर टीका थाप्ने ? चचहै, चचहै (तस्विरहरू)
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना रोकथाम र नियन्त्रण  सरकारको पहिलो प्राथामिता : प्रम देउवा



अ+ अ-

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको पहिलो प्राथमिकता कोभिड १९ को नियन्त्रण रहेको बताउनु भएको छ । प्रतिनिधिसभाको बैठकमा बिश्वासको मत माग्दै प्रधानमन्त्री देउवाले कोभिड १९ को प्रकोपबाट जोगाउनु पहिलो प्राथमिकता भएको बताउनु भयो । 

उहाँले भन्नुभयो कोरोनो रोकथाम र नियन्त्रणका लागि सबै उपायहरु अबलम्बन गर्ने प्रतिबद्धता गर्दछु ।’ बिश्वासको मत माग्दै उहाँले निवर्तमान प्रधानमन्त्री केपी ओली सरकारले गरेका राम्राकामलाई निरन्तरता दिने र उहााको अनुभब पनि लिने भन्दै सहयोगको लागि आग्रह गर्नुभयो ।  उहाँले भन्नुभयो  ‘दिनहुँ संक्रमण बढिरहेको छ । दैनिक रुपले मानिसहरु मरिरहेका छन् । 

शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,’ यसै गरी उहाँले ,‘कोभिड १९ को रोकथामका लागि अहोरात्र खट्ने सबैमा हार्दिक धन्यवाद दिन चाहन्छु ।