१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड सरकारलाई कांग्रेसले विश्वासको मत दिने



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने भएको छ । कांग्रेस कार्यसम्पादनको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार बिहान आफ्नो निवास धुम्बाराहीमा बसेको पार्टी पदाधिकारीको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनुपर्ने प्रस्ताव गर्नुभएको थियो ।

तर पदाधिकारी बैठकमा विश्वासको मत दिनेबारे एक मत हुन नसकेपछि यसको जिम्मा कार्यसम्पादन समितिलाई दिइएको थियो ।

पदाधिकारी बैठकमा विश्वासको मत दिन नहुने मत जाहेर गर्ने पदाधिकारीहरुले यसबारे केन्द्रीय समितिले निर्णय गर्नुपर्ने माग गर्नुभएको थियो । तर तत्कालै केन्द्रीय समितिको बैठक बस्न असम्भव भएकाले कार्यसम्पादन समिति बैठकले निर्णय गरी बैठक बोलाइएको थियो ।

कार्यसम्पादन समितिलाई केन्द्रीय समितिले गर्ने निर्णय गर्ने अधिकार दिइएको थियो ।