२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना कहरले सुनसान घरबास

अ+ अ-

महेन्द्रनगर । छ वर्षअघि मुलुकमै पहिलोपटक कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ नयाँबस्तीमा राना थारु समुदायको घरबास (होमस्टे) सञ्चालनमा आयो । कैलाली र कञ्चनपुरमा मात्रै बसोबास रहेको राना थारुले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको नयाँ बस्तीमा सञ्चालनमा ल्याएको होमस्टे सञ्चालनमा रहँदा देखिने पाहुनाको भीडभाड कोरोना कहरसँगै सुनसानमा परिणत भएको छ । राना थारु सामुदायिक होमस्टेका सचिव चेतराम रानाले कोरोनाको दोस्रो लहर शुरु भएसँगै गत चैतयता होमस्टेमा पाहुना आवागमन ठप्प रहेको बताउनुभयो ।

“अहिले ताल नामक संस्थाको सहयोगमा होमस्टे सञ्चालकले समेत लगानी गरेर नयाँ आठवटा घर बनाए”, उहाँले भन्नुभयो, “महामारीले गर्दा नयाँ घर त बने तर पाहुना बस्न पाएका छैनन् ।” राना थारु बस्तीमा रहेको होमस्टेप्रति आकर्षण बढिरहेका बेला अघिल्लो वर्षदेखि आएको महामारीले व्यवसाय नै धराशायी भएको रानाको भनाइ छ । 

लकडाउनका बेला होमस्टे सञ्चालकहरू तरकारी खेतीलगायतका खेतीपातीमा व्यस्त रहेका थिए । गत मङ्सिर/पुस महिनामा होमस्टेमा पाहुनारु आउन थाले पनि कोरोनाको दोस्रो लहर शुरु भएपछि होमस्टे बन्द गर्नुपरेको थियो । राना थारु पर्यटकीय गन्तव्य शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा भ्रमणका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइँमा पर्छ ।

त्यसैगरी भीमदत्त–१३ पिपरियामा पनि मगर बस्तीमा होमस्टे सञ्चालनको तयारी भइरहँदा कोरोना कहर आएपछि प्रभावित भएको छ । शुक्लाफाँटा र महाकाली नदीमा रहेको एशियाकै लामो दोधारा चाँदनी झोलुङ्गे पुल क्षेत्रमा पर्ने मगर बस्तीमा होमस्टे सञ्चालनमा लकडाउनले समस्या भएको हो । यहाँको कृष्णपुर नगरपालिकाको वाणी र शुक्लाफाँटाको जोनापुरमा सञ्चालनमा रहेका होमस्टे पनि महामारीले गर्दा सञ्चालनमा आउन सकेका छैनन् ।

होमस्टे सञ्चालनमा आउँदा आफ्नो कला, संस्कृति र परम्पराको संरक्षणमा पनि राहत पुगेको नयाँबस्तीका स्थानीय चानुराम रानाले बताउनुभयो । “पुरानो पुस्ताले प्रयोग गर्ने लुगा, उपभोग गर्ने परिकार र लगाउने वेषभूषाका बारेमा हामी नयाँ पुस्ताले पनि जानकारी लियौँ”, उहाँले भन्नुभयो, “गाउँका सबै युवा पुस्ता अब पुरानो संस्कृतिलाई जगेर्नामा लाग्नुपर्छ, संस्कृति संरक्षण गर्नु पनि हाम्रो दायित्व हो ।” 

होमस्टेमा पाहुनाको चाहनाअनुसार परम्परागत पहिरनमा घंगरीया, अंगिया, उनिया, पैडा, गरेला, थिच्चु, फुल्बालगायतका पहिरन र वेषभूषा लगाएर युवा÷युवतीले नृत्यसमेत देखाउने गर्छन् । शुक्लाफाँटा–७ सिमलफाँटामा रहेको होमस्टे कोरोना कहरले प्रभावित छ ।

“तीन वर्षअघि दातृ निकायको सहयोगमा संरचना बनेर होमस्टे सञ्चालनमा आएका हुन्”, होमस्टे सञ्चालक विन्दु साउदले भन्नुभयो, “प्रायः शुक्लाफाँटा भ्रमणका लागि आउने पाहुना यहाँ आउँथे ।” वडासदस्यसमेत रहनुभएका साउँदले यहाँ सात वटा घरमा होमस्टे रहेको जानकारी दिनुभयो ।कोरोना कहरले सुनसान घरबास महेन्द्रनगर । छ वर्षअघि मुलुकमै पहिलोपटक कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ नयाँबस्तीमा राना थारु समुदायको घरबास (होमस्टे) सञ्चालनमा आयो । कैलाली र कञ्चनपुरमा मात्रै बसोबास रहेको राना थारुले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको नयाँ बस्तीमा सञ्चालनमा ल्याएको होमस्टे सञ्चालनमा रहँदा देखिने पाहुनाको भीडभाड कोरोना कहरसँगै सुनसानमा परिणत भएको छ । 

राना थारु सामुदायिक होमस्टेका सचिव चेतराम रानाले कोरोनाको दोस्रो लहर शुरु भएसँगै गत चैतयता होमस्टेमा पाहुना आवागमन ठप्प रहेको बताउनुभयो । “अहिले ताल नामक संस्थाको सहयोगमा होमस्टे सञ्चालकले समेत लगानी गरेर नयाँ आठवटा घर बनाए”, उहाँले भन्नुभयो, “महामारीले गर्दा नयाँ घर त बने तर पाहुना बस्न पाएका छैनन् ।” राना थारु बस्तीमा रहेको होमस्टेप्रति आकर्षण बढिरहेका बेला अघिल्लो वर्षदेखि आएको महामारीले व्यवसाय नै धराशायी भएको रानाको भनाइ छ । 

लकडाउनका बेला होमस्टे सञ्चालकहरू तरकारी खेतीलगायतका खेतीपातीमा व्यस्त रहेका थिए । गत मङ्सिर÷पुस महिनामा होमस्टेमा पाहुनारु आउन थाले पनि कोरोनाको दोस्रो लहर शुरु भएपछि होमस्टे बन्द गर्नुपरेको थियो । राना थारु पर्यटकीय गन्तव्य शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा भ्रमणका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइँमा पर्छ ।

त्यसैगरी भीमदत्त–१३ पिपरियामा पनि मगर बस्तीमा होमस्टे सञ्चालनको तयारी भइरहँदा कोरोना कहर आएपछि प्रभावित भएको छ । शुक्लाफाँटा र महाकाली नदीमा रहेको एशियाकै लामो दोधारा चाँदनी झोलुङ्गे पुल क्षेत्रमा पर्ने मगर बस्तीमा होमस्टे सञ्चालनमा लकडाउनले समस्या भएको हो । यहाँको कृष्णपुर नगरपालिकाको वाणी र शुक्लाफाँटाको जोनापुरमा सञ्चालनमा रहेका होमस्टे पनि महामारीले गर्दा सञ्चालनमा आउन सकेका छैनन् ।

होमस्टे सञ्चालनमा आउँदा आफ्नो कला, संस्कृति र परम्पराको संरक्षणमा पनि राहत पुगेको नयाँबस्तीका स्थानीय चानुराम रानाले बताउनुभयो । “पुरानो पुस्ताले प्रयोग गर्ने लुगा, उपभोग गर्ने परिकार र लगाउने वेषभूषाका बारेमा हामी नयाँ पुस्ताले पनि जानकारी लियौँ”, उहाँले भन्नुभयो, “गाउँका सबै युवा पुस्ता अब पुरानो संस्कृतिलाई जगेर्नामा लाग्नुपर्छ, संस्कृति संरक्षण गर्नु पनि हाम्रो दायित्व हो ।” 

होमस्टेमा पाहुनाको चाहनाअनुसार परम्परागत पहिरनमा घंगरीया, अंगिया, उनिया, पैडा, गरेला, थिच्चु, फुल्बालगायतका पहिरन र वेषभूषा लगाएर युवा÷युवतीले नृत्यसमेत देखाउने गर्छन् । शुक्लाफाँटा–७ सिमलफाँटामा रहेको होमस्टे कोरोना कहरले प्रभावित छ ।

“तीन वर्षअघि दातृ निकायको सहयोगमा संरचना बनेर होमस्टे सञ्चालनमा आएका हुन्”, होमस्टे सञ्चालक विन्दु साउदले भन्नुभयो, “प्रायः शुक्लाफाँटा भ्रमणका लागि आउने पाहुना यहाँ आउँथे ।” वडासदस्यसमेत रहनुभएका साउँदले यहाँ सात वटा घरमा होमस्टे रहेको जानकारी दिनुभयो ।

भर्खरै