८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने

संविधानको उचित कार्यान्वयन हुन नसक्दा प्रदेशलाई अधिकार सम्पन्न बनाउन सकिएनः नेता यादव

संविधानको उचित कार्यान्वयन हुन नसक्दा प्रदेशलाई अधिकार सम्पन्न बनाउन सकिएनः नेता यादव
अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका संसदीय दलका नेता रामसहायप्रसाद यादवले संविधानको उचित कार्यान्वयन हुन नसकेको बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधानमा भएका प्रावधानहरु समेत अहिलेसम्म कार्यान्वयन हुन नसकेको बताउनु भयो । उहाँले प्रदेशलाई अधिकार हस्तान्तरण गर्न नसकेको, आर्थिक र वित्तिय प्रणाली पनि हामीले संघीय शासनप्रणाली अन्तर्गत हस्तान्तरण गर्न नसक्नु दुःखद् भएको बतउनु भयो । उहाँले संघको बारमो उल्टो परिभाषा गरेर प्रदेशलाई कमजोर बनाउन लागिएको बताउनु भयो ।

उहाँले केन्द्रिकृत शासनप्रणाली कहीँ न कहीँ पहिलेकै दिशातिर फर्काउने सोच भइरहेको जस्तो महशुस गरेको बताउनु भयो । उहाँले संघीयताको कार्यान्वयन गर्ने प्रतिवद्धता वर्तमान सरकारले पूरा गर्नुपर्ने भन्दै प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने त्यसका लागि विभिन्न कानून निर्माण गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संविधान कार्यान्वयन गर्नेकुरा यो भन्दा अघिका सरकारले पनि प्रतिवद्धता गरेका थिए । तर अहिलेसम्म संविधानमा जे जति प्रावधान छ, जे व्यवस्था छ, त्यो पनि हामीले प्रदेशलाई हस्तान्तरण गर्नसकेका छैनौँ । आर्थिक र वित्तिय प्रणाली पनि हामीले संघीय शासनप्रणाली अन्तर्गत हस्तान्तरण गर्नसकेका छैनौँ । आज संघ भनेको परिभाषा उल्टो दिशातिर उल्टो किसिमले हामीले परिभाषित गरेर प्रदेशलाई कमजोर बनाउने हामी काम गरिरहेका छौँ । केन्द्रिकृत शासनप्रणाली कहीँ न कहीँ दिशातिर फर्काउने सोच पनि हामी बनाउँदै छौँ ।

जनता निराश छन्, संघीयताको कार्यान्वयन गर्ने प्रतिवद्धता जुन रुपले हामीले गरेका छाँै, अहिले वर्तमान सरकारले ति प्रतिवद्धता पूरा गरोस् भन्ने म कामना गर्न चाहन्छु । आज संघीयताको मुल मर्म र मान्यता अनुरुप प्रदेशमा प्रदेश सरकारको एक जना हवल्दार र प्रहरी पनि नियन्त्रणमा छैनन् । एकजना कर्मचारी पनि प्रदेशमा छैनन् जसले गर्दा जनताको सेवा गर्न सरकारले नीति निर्माण गर्दा कार्यान्वयन गर्ने अवस्था छैन ।

प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्छ र त्यसका लागि विभिन्न कानूनहरु निर्माण गर्नुपर्छ । अहिलेसम्म निजामति सेवा ऐन, प्रहरी सेवा ऐन, राज्य व्यवस्था तथा सुशासन समितिमा अड्किएका छन् ।’

संसदीय दलका नेता यादवले अहिलेसम्म निजामति सेवा ऐन, प्रहरी सेवा ऐन राज्य व्यवस्था तथा सुशासन समितिमा अड्किएको भन्दै आपत्ति जनाउनु भयो ।