२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारलाई पूर्वसचिव त्रितालको सात सुझाव



अ+ अ-

काठमाडौं ।  पूर्वसचिव शारदाप्रसाद त्रितालले सरकारलाई सात ओटा सुझाव दिनुभएको छ ।  त्रितालले एउटै दलको झण्डै दुई तिहाइको सरकारको हालत देखेका नेपालीहरु धेरै आशावादी हुने ठाउँ नभएपनि नयाँ सरकारले राम्रो काम गरिदिए हुन्थो भन्ने अपेक्षा नागरिकहरुमा रहेको जनाउँदै सरकाराई सुझाव दिनुभएको हो । 

उहाँले ६ महिना पछि स्थानीय निकायको निर्वाचनको तयारी र त्यसको ६ महिना पछि प्रतिनिधिसभाको निर्वाचनको तयारीमा लाग्नुपर्ने भएका कारण वर्तमान सरकारलाई काम गर्ने समय छ महिना मात्र हुने स्मरण गराउँदै यो सरकारले गर्ने काम सीमित छन् तर महत्वपूर्ण रहेको जनाउनुभएको छ ।

 

उहाँले दिनुभएको सुझावहरु:

१.  कोभिड १९ को महामारीबाट नागरिकको जीवन रक्षा गर्ने कार्यमा जिम्मेवारीपूर्वक अघि बढ्नु नै हो ।

२. देशमा शान्ति सुव्यवस्था कायम गर्ने काम हो जुन नियमित तर सधैं सम्वेदनशिल हुने गर्छ ।

३. विपद व्यवस्थापनको क्षेत्र असाध्यै कमजोर बनाइएको छ यसमा विशेष चासो राखेर काम गरिदिए हुन्थ्यो ।

४. सरकारी साधनस्रोतको असाध्यै दुरुपयोग भइरहेको छ केही हदसम्म नियन्त्रण गरिदिए हुन्थ्यो (विगतका कार्यकालहरु मतिव्ययिता कायम गर्ने सम्बन्धमा निराशाजनक भएको अनुभव छ) ।

४. सार्वजनिक जग्गा जमिन तथा प्राकृतिक स्रोतहरुको अति नै दुरुपयोग भएको छ जसको नियन्त्रणलाई प्राथमिकतामा राखिदए हुन्थ्यो ।

५. भ्रष्टाचार नियन्त्रणको विषय पनि महत्वपूर्ण छ तर संयुक्त सरकारको कार्यकालमा यो सम्भावना होला भन्ने आशा 

६. प्रशासनमा सुधार गर्ने विषयमा ध्यान दिए हुन्थ्यो ।

७. चालु विकास निर्माणका कामहरुलाई निरन्तरता दिनु नै पर्यो ।