२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले बैठक सम्पन्न, २२ सांसदलाई स्पष्टीकरण सोधिने



अ+ अ-

काठमाडौं । नेकपा एमालेले पार्टीको निर्णयलाई अवज्ञा गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने माधव नेपालसहित २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने भएको छ  ।

सोमबार च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटीको बैठकले सो निर्णय गरेको हो । यस्तै बैठकले १० बुँदे एकता प्रस्ताव पारित गर्दै पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउने निर्णय पनि गरेको छ ।

बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल समूह भने उपस्थित थिएन । बैठक भोली ३ बजे पनि बस्ने भएको छ । 

यी हुन् स्पष्टीकरण सोधिने २२ सांसद

माधवकुमार नेपाल, 

विरोध खतिवडा, 

जीवनराम श्रेष्ठ, 

कल्याणी खड्का, 

मेटमणि चौधरी, 

भवानी खापुङ, 

मुकुन्द न्यौपाने, 

पार्वती विशुंखे, 

हिरा केसी, 

कृष्णकुमार श्रेष्ठ किसान 

गोपाल बम, 

प्रेमबहादुर आले, 

धनबहादुर बुढा, 

विना बुढाथोकी, 

सरला यादव, 

पुष्पाकुमारी कर्ण, 

लक्ष्मी चौधरी, 

निरादेवी जैरु, 

रामकुमारी झाँक्री, 

कलिला खातुन, 

सविना हुसेन, 

कृष्णलाल महर्जन