२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल समाजवादी पार्टीले माओवादीसँग एकताका लागि वार्ता समिति बनाउने



अ+ अ-

काठमाडौँ । नेपाल समाजवादी पार्टीले नेकपा (माओवादी केन्द्र) सँग एकता गर्नका लागि वार्ता समिति बनाउने भएको छ ।

नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठक पार्टी केन्द्रिय कार्यालयमा आईतवारदेखि शुरु भएको छ । बैठकमा पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईले ‘समाजवादी ध्रुवीकरण आजको आवश्यकता’ नाम दिइएको राजनीतिक प्रतिवेदन पेस गर्नुभएको छ ।

डा. भट्टराईले पेस गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि छलफल प्रारम्भ भएको नेसपाका सह–अध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिनुभयो ।  उहाँले बैठकले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता गर्नका लागि वार्ता समिति बनाउने बताउनु भयो । सो समितिलाई माओवादी केन्द्र लगायतका अन्य पार्टीहरुसँग पनि एकता तथा ध्रुवीकरण गर्नका लागि छलफल र प्रयास गर्न अधिकार दिइने उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो – ‘हामीले एउटा दस्तावेज बनाएका छौँ । खासगरी समाजवादी ध्रुवीकरणको आवश्यकता । यो विषयमा एउटा दस्तावेज छ र त्यो दस्तावेजमा हामीले पाँचवटा खण्डहरु राखेका छौँ । र त्यो दस्तावेजमा हामीले नयाँ शक्ति पार्टी निर्माण गरेर यहाँसम्म आउँदाखेरी के आरोह अवरोहरु पार ग¥यौँ, के उपलब्धि भयो ? के क्षति भयो त्यसको विषयमा हामीले समीक्षा गरेका छौँ । दोस्रो, निर्वाचनको समीक्षा पनि गरेका छौँ । र अब समाजवादी ध्रुवीकरण किन आवश्यक छ ? त्यो विषयमा पनि हामीले जोड दिएर दस्तावेजमा उल्लेख गरेका छौँ । अब कसरी जाने भन्ने पनि त्यसमा उल्लेख छ ।’

‘अर्थात यो दस्तावेजले नै सबै एजेण्डाहरु समग्रमा बोकेको छ । यो दस्तावेज बाहेक हामीले एउटा मात्रै एजेण्डा संगठन कार्यविभाजनको बारेमा राखेका छौँ । भोलिसम्म हामी एउटा निस्कर्षमा पुग्छौँ । समाजवादी ध्रुवीकरण भनेकै वास्तवमा यो अहिले पार्टी एकतासँग सम्बन्धित कुरा हो । हामी यो बैठकको अन्त्यसम्म पुग्दाखेरी मुख्यतः नेकपा (माओवादी केन्द्र) सँगको पार्टी एकता सम्पन्न गर्नको लागि एउटा वार्ता समिति पनि बनाउँछौँ । त्यसले अरु अरु पार्टीहरु सँग पनि समाजवादी ध्रवीकरणको लागि आवश्यक छलफल, बहस र पहल/प्रयत्न गर्नका लागि एउटा अधिकारसहितको त्यो निर्णय गर्छौं ।’

अध्यक्ष भट्टराईले पेस गर्नुभएको राजनीतिक प्रतिवेदनलाई पाँच खण्डमा विभाजन गरिएको छ । प्रारम्भ, पार्टी निर्माणका ७ वर्ष एक सिंहावलोकन, संघ र प्रदेशको निर्वाचन २०७९ संक्षिप्त समीक्षा, समाजवादी ध्रुवीकरण आजको आवश्यकता र आगामी कार्ययोजना गरी पाँच खण्डमा विभाजन गरिएको हो । आगामी कार्ययोजना अन्तर्गत राजनीतिक काम, संगठनात्मक काम, प्रचारप्रसारको काम र आन्दोलन तथा अभियानको कामको योजना प्रतिवेदनमा उल्लेख भएको छ । सह–अध्यक्ष श्रेष्ठले बैठक सोमवार(भोलि) सम्म चल्ने जानकारी दिनुभयो ।