२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल समाजवादी पार्टीले माओवादीसँग एकताका लागि वार्ता समिति बनाउने



अ+ अ-

काठमाडौँ । नेपाल समाजवादी पार्टीले नेकपा (माओवादी केन्द्र) सँग एकता गर्नका लागि वार्ता समिति बनाउने भएको छ ।

नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठक पार्टी केन्द्रिय कार्यालयमा आईतवारदेखि शुरु भएको छ । बैठकमा पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईले ‘समाजवादी ध्रुवीकरण आजको आवश्यकता’ नाम दिइएको राजनीतिक प्रतिवेदन पेस गर्नुभएको छ ।

डा. भट्टराईले पेस गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि छलफल प्रारम्भ भएको नेसपाका सह–अध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिनुभयो ।  उहाँले बैठकले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता गर्नका लागि वार्ता समिति बनाउने बताउनु भयो । सो समितिलाई माओवादी केन्द्र लगायतका अन्य पार्टीहरुसँग पनि एकता तथा ध्रुवीकरण गर्नका लागि छलफल र प्रयास गर्न अधिकार दिइने उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो – ‘हामीले एउटा दस्तावेज बनाएका छौँ । खासगरी समाजवादी ध्रुवीकरणको आवश्यकता । यो विषयमा एउटा दस्तावेज छ र त्यो दस्तावेजमा हामीले पाँचवटा खण्डहरु राखेका छौँ । र त्यो दस्तावेजमा हामीले नयाँ शक्ति पार्टी निर्माण गरेर यहाँसम्म आउँदाखेरी के आरोह अवरोहरु पार ग¥यौँ, के उपलब्धि भयो ? के क्षति भयो त्यसको विषयमा हामीले समीक्षा गरेका छौँ । दोस्रो, निर्वाचनको समीक्षा पनि गरेका छौँ । र अब समाजवादी ध्रुवीकरण किन आवश्यक छ ? त्यो विषयमा पनि हामीले जोड दिएर दस्तावेजमा उल्लेख गरेका छौँ । अब कसरी जाने भन्ने पनि त्यसमा उल्लेख छ ।’

‘अर्थात यो दस्तावेजले नै सबै एजेण्डाहरु समग्रमा बोकेको छ । यो दस्तावेज बाहेक हामीले एउटा मात्रै एजेण्डा संगठन कार्यविभाजनको बारेमा राखेका छौँ । भोलिसम्म हामी एउटा निस्कर्षमा पुग्छौँ । समाजवादी ध्रुवीकरण भनेकै वास्तवमा यो अहिले पार्टी एकतासँग सम्बन्धित कुरा हो । हामी यो बैठकको अन्त्यसम्म पुग्दाखेरी मुख्यतः नेकपा (माओवादी केन्द्र) सँगको पार्टी एकता सम्पन्न गर्नको लागि एउटा वार्ता समिति पनि बनाउँछौँ । त्यसले अरु अरु पार्टीहरु सँग पनि समाजवादी ध्रवीकरणको लागि आवश्यक छलफल, बहस र पहल/प्रयत्न गर्नका लागि एउटा अधिकारसहितको त्यो निर्णय गर्छौं ।’

अध्यक्ष भट्टराईले पेस गर्नुभएको राजनीतिक प्रतिवेदनलाई पाँच खण्डमा विभाजन गरिएको छ । प्रारम्भ, पार्टी निर्माणका ७ वर्ष एक सिंहावलोकन, संघ र प्रदेशको निर्वाचन २०७९ संक्षिप्त समीक्षा, समाजवादी ध्रुवीकरण आजको आवश्यकता र आगामी कार्ययोजना गरी पाँच खण्डमा विभाजन गरिएको हो । आगामी कार्ययोजना अन्तर्गत राजनीतिक काम, संगठनात्मक काम, प्रचारप्रसारको काम र आन्दोलन तथा अभियानको कामको योजना प्रतिवेदनमा उल्लेख भएको छ । सह–अध्यक्ष श्रेष्ठले बैठक सोमवार(भोलि) सम्म चल्ने जानकारी दिनुभयो ।