२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीमा आउन चाहने साथीहरु आउनुस्, तर माधव नेपाललाई स्वागत हुने छैनः अध्यक्ष ओली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा आउन चाहने साथीहरुलाई स्वागत रहेको तर वरिष्ठ नेता माधव कुमार नेपाललाई भने पार्टीमा स्वागत नहुने बताउनुभएको छ । 

सोमबार च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले २२ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिनु पार्टीका लागि शर्मनाक भएको समेत बताउनुभयो । 

वरिष्ठ नेता माधवकुमार नेपाल कम्युनिष्ट आन्दोलनको गद्दार भएको उहाँको आरोप छ । नेता नेपालले बहुमत नभएको कमिटीमा जान्नँ भनेको भन्दै उहाँले भन्नुभयो, ‘अपराध गर्ने, सरकार ढाल्ने अनि उनैलाई बहुमत दिनुपर्ने ? अध्यक्ष बनाउनुपर्ने ?’

बैठकले शेरबहादुर देउवालाई विश्वासको मत दिने माधव नेपालसहित २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गर्दै १० बुँदे एकता प्रस्ताव पारितसहित पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउने निर्णय पनि गरेको छ ।