२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पानी भनेर स्पिरिट खाँदा सिरहामा एक छात्राको मृत्यु



(सांकेतिक तस्बिर)
अ+ अ-

काठमाडौँ । पानी भनेर स्पिरिट खाँदा सिरहाको मिर्चैया नगरपालिका–६ मा एक छात्राको मृत्यु भएको छ । सगरमाथा उच्च माविमा अध्ययनरत १६ वर्षीया सिर्जनाकुमारी महराको स्पिरिट सेवनले मृत्यु भएको हो ।

सिरहा नगरपालिका–११ भलुवाही बस्ने धर्मेन्द्रकी छोरी सिर्जनाकुमारीको शनिबार राति साढे १० बजे कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पतालमा मृत्यु भएको हो । शुक्रबार विद्यालय गएकी सिर्जनाकुमारी पेट दुखेपछि सिटामोल खान पानी सोचेर स्पिरिट खाँदा बिरामी परेकी थिइन् । तत्कालै उनलाई उपचारका लागि फुलकुमारी अस्पताल लगिएको थियो ।

सिर्जनाकुमारीलाई पानी सोचेर शिक्षिकाले स्पिरिट दिएको भन्दै उनको परिवार, विद्यार्थी र स्थानीयबासिन्दा आन्दोलनमा उत्रिएका छन् । प्रहरीले स्पिरिट दिने शिक्षिकालाई नियन्त्रण्मा लिएर सोधपुछ गरिरहेको बताइएको छ ।

आन्दोलनकारीहरुले भने शिक्षिकालाई कारबाहीको माग गरिरहेका छन् । विद्यार्थीहरुले विरोधमा सडकमा टायर बालेका छन् । उनीहरुले विद्यालयमा ढुंगामुढासमेत गरेका छन् ।