२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

तुइनबाट खस्दा एक बालक बेपत्ता



फाइल फोटो
अ+ अ-

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–४ डोकटस्थित कौनेणी तुइन तर्ने क्रममा खसेर एक बालक बेपत्ता भएका छन् । नेपालको ब्यासबाट भारत जाने क्रममा तुइनबाट खसेर वडा नं ४ डोकटका १० वर्षीय बालक दीपेन्द्र विष्ट महाकाली नदीमा बेपत्ता भएको स्थानीय दीपक खातीले जानकारी दिनुभयो ।

यस घटनाबारे अहिलेसम्म कुनै पनि जानकारी नआएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी गोबिन्द भण्डारीले बताउनुभयो । उहाँका अनुसार घटनाका बारेमा स्थानीयले कुनै जानकारी नगराएको र अहिले प्रहारी चौकी सुन्सेराबाट वरिष्ठ प्रहरी सहायक निरीक्षक भरत अधिकारीको नेतृत्वमा प्रहरी घटनास्थलतर्फ पठाएको बताउनुभयो ।

बेपत्ता दीपेन्द्र बिहीबार २१ गते दिउँसो २ बजे भारततिर खर काट्न गएकी आमाको पछिपछि गएका थिए । व्यास क्षेत्रमा सञ्चार सुविधा नभएका कारण घटनाबारे शनिबारमात्र जानकारी भएको ब्यास गाउँपालिकाका प्रवक्ता नरेन्द्र भट्टले बताउनुभयो । उहाँका अनुसार बेपत्ता दीपेन्द्र ब्रह्मस्थान आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत छन् ।

डोकडका स्थानीयवासी खर काट्न भारततिर जाने चलन रहेको र सय मिटरमाथि झोलुङ्गे पुल भए पनि सजिलोका लागि स्थानीयवासीले त्यस क्षेत्रमा तुइन हाल्ने गरेका छन् । तुइन काट्ने डरले स्थानीयवासीले घटना बाहिर नल्याएको हुनसक्ने स्थानीय दीपक खातीले बताउनुभयो । रासस