काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवबिच भेटवार्ता भएको छ । प्रचण्ड र यादवले नेता नेपाल निवास कोटेश्वर नै पुगेर नेपालसँग आज बिहान कुराकानी गरेका हुन्।
समसामयिक राजनीतिक घटनाक्रम र मन्त्रिपरिषद बिस्तारलगायत विषयमा उनीहरूबीच कुराकानी भएको बताईएको छ ।
अब केही दिनभित्र मन्त्रिपरिषद बिस्तार गर्ने तयारी छ। प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएपछि मन्त्रिपरिषद बिस्तार गर्न लागिएको हो।








