६ श्रावण २०८३, बुधबार
,
Latest
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन् मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यूनतम साझा कार्यक्रममा नागरिकका प्रत्यक्ष सरोकारहरु समेट्ने गृहमन्त्रीको भनाइ



file
अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सरकारको न्यूनतम साझा कार्यक्रममा जनमतलाई कदर गर्ने बताउनुभएको छ । उहाँले सरकारको न्यूनतम साझा कार्यक्रम अन्तिम चरणमा पुगेको र त्यसलाई छिट्टै सार्वजनिक गरिने जानकारी दिनुभयो ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकपछि संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री लामिछानेले जनमतअनुसार सरकार बनेको उल्लेख गर्नुभयो । “हामी नयाँ दलले पनि सरकार चलाउन सक्ने अवस्था थिएन, सम्माननीय प्रधानमन्त्रीको दलले नै एकलै सरकार चलाउन सक्यो, न त एमाले एक्लैले चलाउन सक्छ ।”

आफूहरु सरकारमा किन जोडियौँ भन्ने कुरा न्यूनतम साझा कार्यक्रमले जवाफ दिने उहाँले बताउनुभयो ।