काठमाडौं । काठमाडौंको कीर्तिपुरमा सेफ्टी ट्याङ्कीमा खसेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दोलखाको कुन्जल गाउँपालिका-४ घर भइ स्वयम्भु बस्ने निवास शेर्पाको छोरा ६ वर्षीय विश्व उदास रहेका छन् । उनको सेफ्टी ट्याङ्कीमा खसेर सोमबार साँझ मृत्यु भएको हो ।
कीर्तिपुर नगरपालिका-१० सुन्दरिघाटस्थित कृषि तथा पशु क्याम्पसको निर्माणधिन ट्याङ्कीमा पर्खाल लगाउने क्रममा बाबुसँगै आएका उदास खेल्ने क्रममा अचानक खसेर गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि वयोधा अस्पताल बल्खु लगिएको थियो । सो अस्पतालमै उनको मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान थालेको छ ।