२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेव सिरीज ‘मिर्जापुर ३’ अर्को वर्ष रिलिज हुने



अ+ अ-

एजेन्सी । पंकज त्रिपाठी, अली फजल र दिव्येंदु शर्मा स्टारर हिट वेव सिरीज ‘मिर्जापुर’का दुई श्रृंखलाले आजसम्म पनि दर्शकको मन जित्न सफल छ । फ्यानहरु यसको अब तेस्रो सिजनको व्यग्र प्रतिक्षामा छन् ।

यसै उत्साहहरुलाई मध्येनजर गर्दै निर्माण टिमले यसबारे थोरै जानकारी बाहिर ल्याएको छ । सिरीजको निर्माता रितेश सिधवानीले हालै सिरीजको तेस्रो सिजनबारे बताएका छन् । उनले छिटै सिरीजको सुटिङ सुरु गरिने र अर्को वर्ष सिरिजलाई रिलिज गरिने बताएका छन् ।

जसका लागि तेस्रो सिजनको कहानी लेख्न सुरु भइसकेको छ । निर्माण टिमले यसै वर्ष सुटिङ सुरु गर्ने तयारी गरेको थियो । तर कोरोना महामारीले गर्दा सुटिङ सुरु हुन सकेन । त्यसपछि मुम्बईमा भएको अत्यधिक वर्षाले पनि सुटिङलाई प्रभावित बनायो ।