२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहमतिमा देउवा र प्रचण्ड, ओलीले जेठ ८ पछि गरेका नियुक्ति खारेज गरिने



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' यसअघिको केपी शर्मा ओली सरकारले गरेका नियुक्तिहरु खारेज गर्ने सहमतिमा पुग्नु भएको छ ।

मंगलबार नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्तापछि बालुवाटार पुगेका प्रचण्ड र प्रधानमन्त्री देउवाबीच ओली सरकारले गरेका नियुक्ति खारेज गर्ने सहमति भएको हो । 

जेठ ७ गते मध्यरातमा तत्कालीन प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्नुभएको थियो । तर त्यसलाई सर्वोच्च अदालतले बदर ठहर गर्दै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो ।