११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

३६ वटा विधेयक विचाराधिन अवस्थामा रहे-  रोजनाथ पाण्डे (भिडियो सहित)

३६ वटा विधेयक विचाराधिन अवस्थामा रहे-  रोजनाथ पाण्डे (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । प्रतिनिधि सभा पुनस्र्थापना भएपनि मन्त्रिपरिषद् पुर्नगठन हुन नसक्दा संसदका विभिन्न समितिमा विचाराधिन अवस्थामा रहेको विधेयकहरुको काम अघि बढ्न नसक्ने भएको छ । सर्वोच्च अदालतले असार २८ गते प्रतिनिधि सभाको पुनस्र्थापना गरेसँगै यसअघि निस्क्रिय बनेका विधेयकले पुनर्जीवन पाएका हुन् । 

प्रतिनिधि सभामा मात्रै ३६ वटा विधेयक विचाराधिन अवस्थामा रहेको छ । यसभित्र दर्तामात्रै भएका देखि संसदबाट पास हुन बाँकी रहेकोसम्म विधेयकहरु रहेका छन् । ती विधेयकहरुलाई पास गर्नका लागि सम्बन्धित मन्त्रालयको मन्त्रीको भुमिका पनि महत्वपूर्ण हुने भएकाले मन्त्रीको अनुपस्थितिमा विधेयकको काम अगाडी बढाउन नसकिने संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘सरकारको हरेक स्टेजमा आफ्नो अहम् भुमिका हुन्छ । सरकारको समर्थन बिना विषय प्रवेशमा छलफल गर्नु नै सान्दर्भिक हुँदैन । यो हिसाबले हरेक बुँदामा छलफल भएर लामो समयसम्म छलफल भएको हामीसँग उदाहरण छ । जस्तै संघीय निजामति विधेयकको हरेक दफामा बैठक धेरै लामो समयसम्म चल्यो । त्यसले निकास पाइसकेको अवस्था छैन । अन्य विधेयकहरुको पनि स्थिति त्यस्तै छन् । त्यस्तो कुराहरुमा विचार गरेर समितिको सभापतिहरुले समन्वयमा सौहार्द वातावरणमा छलफल गराउने कुरा हुन्छ । तर सम्बन्धित मन्त्रालयको प्रतिनिधित्व अनिवार्य उपस्थिती हुनुपर्छ ।’

सम्बन्धित मन्त्रालयले पूर्णता पाएमा विधेयकको काम अघि बढाउन सकिने उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘सम्बन्धित विषयगत मन्त्रालयहरुमा पूर्णता भयो भने धेरै सहज वातावरण बन्छ । अझै केही दिन हामीले त्यसको लागि पर्खनुपर्ने अवस्था छ ।’

दुरगामी महत्व राख्ने कानुनहरु बन्न नसक्दा त्यसले समस्या पार्न सक्ने पनि प्रवक्ता पाण्डेले बताउनुभयो । आहिले प्रतिनिधि सभाको बिभिन्न समितिमा २०७५ साल देखि छलफमा रहेका बिधेयक छन् । सबैभन्दा धेरै अर्थमन्त्रालयको मात्र ७ वटा विधेयक छलफलमा रहेका छन् ।