२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपालप्रति महेशको आक्रोश, ‘एमाले छोड्नुहोस्, सम्मानजनक बिदाई गर्छौं’



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) का युवा नेता महेश बस्नेतले माधवकुमार नेपाललाई पार्टीभित्र रहेर हितविपरीत काम गर्नुभन्दा पार्टी छाडेर जान सुझाव दिएका छन् ।

मंगलबार राजधानीको नयाँबानेश्वरमा राष्ट्रिय युवा संघ अन्तरजिल्ला विशेष प्रदेशको विस्तारित भेलालाई सम्बोधन गर्दै बस्नेतले एमाले छाडे सम्मानजनक बिदाई गर्ने समेत बताए ।

उनले भने, ‘माधव नेपाल नीति र विधिको कुरा गर्नुहुन्छ, म उहाँलाई अनुरोध गर्न चाहान्छु-साँच्चिकै विधि, पद्धति र नीतिको कुरा गर्ने हो भने तपाईं एमाले छोडेर जान सक्नुहुन्छ, एमाले फुटाउन सक्नुहुन्छ, तर, एमालेमै बसेर एमालेको हितविपरीत काम गर्न पाउनुहुन्न । तपाईं एमालेमा बस्न चाहनुहुन्न भने कृपया एमाले छोड्नुहोस्, तपाईंलाई सम्मानजनक तरिकाले बिदाई गर्छौं ।’