१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

लालबन्दीबाट पाँच महिनामा त्रियासी करोडको तरकारी निकासी

लालबन्दीबाट पाँच महिनामा त्रियासी करोडको तरकारी निकासी
अ अ+ अ-

सर्लाही । लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालू आर्थिक वर्ष २०७९/८० मा रु ८३ करोड ५० लाख ८४ हजार ७५ को तरकारी निकासी गरेको छ ।

लालबन्दी नगरपालिका–७ मा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले विसं २०७९ साउन १ देखि २०७९ मङ्सिर मसान्तसम्ममा १६ करोड ५७ लाख छ हजार सात सय ७३ किलो तरकारी निकासी गर्दा रु ८३ करोड ५० लाख ८४ हजार ७५ रकम सङ्कलन भएको कृषि थोक बजार व्यवस्थापन समितिले जनाएको छ ।

साथै आव २०७८/७९ को अन्तिम असारमा ५५ लाख ५० हजार दुई सय किलो तरकारी निकासी गर्दा रु २० करोड २३ लाख १७ हजार पाँच सय रकम आएको व्यवस्थापन समितिका व्यवस्थापक शम्भु घिमिरेले बताउनुभयो ।

उहाँका अनुसार आव २०७९/८० को पहिलो महिना साउनमा ५५ लाख ९१ हजार किलो तरकारीबाट रु २० करोड दुई लाख एक हजार सात सय ५०, भदौमा ४२ लाख ९२ हजार छ सय किलोको रु १८ करोड ८५ लाख ५२ हजार पाँच सय, असोजमा २५ लाख ६१ हजार आठ सय ७३ किलो तरकारीको रु २७ करोड ८० लाख ८३ हजार एक सय २५, कात्तिकमा १५ लाख ३३ हजार नौ सय किलोको रु नौ करोड ६३ लाख ७८ हजार दुई सय ५० र मङ्सिरमा २५ लाख ९७ हजार चार सय किलोको रु सात करोड १० लाख ६८ हजार चार सय ५० रकम प्राप्त भएको हो ।

आव २०७९/८० को साउन १ गतेदेखि मङ्सिर मसान्तसम्म गरी पाँच महिनामा १६ करोड ५७ लाख छ हजार सात सय ७३ किलो तरकारी निकासी गर्दा रु ८३ करोड ५० लाख ८४ हजार ७५ रकम सङ्कलन भएको कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीका अध्यक्ष तोरणबहादुर मगरले जानकारी दिनुभयो ।

जिल्लाको लालबन्दी, हरिवन, हरिपुर र ईश्वरपुर नगरपालिका क्षेत्रमा किसानले उत्पादन गरेका गोलभँेडा, परबल, बोडी, सिमी, भन्टा, करेलालगायतका तरकारी लालबन्दीको बजारमा आउने गरेका कृषि थोक बजार व्यवस्थापन समितिले जनाएको छ ।

कृषि थोक बजार व्यवस्थापन समितिका अध्यक्ष मगरका अनुसार देशका सिन्धुली, रामेछाप, काठमाडौँ, पोखरा, बुटवल, भैरहवा, नारायणगढ, नेपालगञ्ज, हेटौँडा, वीरगञ्ज, गौर, जनकपुर, सिरहा, विराटनगर, इटहरीका साथै छिमेकी देश भारतको सोनवर्षा तथा सीतामाडीलगायतका स्थानमा लालबन्दीबाट तरकारी निकासी हुने गरेको छ ।

लालबन्दीबाट टमाटर, भन्टा, बोडी, लौका, करेला, काँक्रो, फुलकोभी, बन्दा कोभी, घिराँैला, सिमी, झिङ्गनी, मूला, हरियो खुर्सानी, बेथुको साग, गाजर, भिन्डी, परबल, रूख कटहर, वल, फर्सी, धनियाँको पात, कागती, उदुवा, मटरकोसा, प्याज र भेँडेखुर्सानी गरी १६ करोड ५७ लाख छ हजार सात सय ७३ किलो तरकारी निकासी गर्दा रु ८३ करोड ५० लाख ८४ हजार ७५ रकम सङ्कलन भएको कृषि थोक बजार व्यवस्थापन समितिले जनाएको छ ।

त्यसमध्ये सबैभन्दा धेरै परवल करिब एक करोड किलो निकासी भएको छ भने सबैभन्दा कम सिमी, रूख कटहर, धनियाँको पात, कागती, फर्सी, मटरकोसा, हरियो प्याज, वल, भिन्डी र झिँगनी निकासी भएको छ ।