१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

हात्ती गाउँ प्रवेश गर्न थालेपछि स्थानिय त्रसित

हात्ती गाउँ प्रवेश गर्न थालेपछि स्थानिय त्रसित
file
अ अ+ अ-

उदयपुर । त्रियुगा नगरपालिका क्षेत्रको वडा नं १ जोगिदह र २ को खैजनपुर क्षेत्रमा रातिको समयमा हात्तीको बथान गाउँ प्रवेश गर्न थालेपछि अहिले गाउँले त्रसित भएका छन् ।

खैजनपुर र जोगिदह क्षेत्रमा दैनिक रातको समयमा छभन्दा बढी हात्तीको बथान गाउँमा पवेश गरेर खेतीबाली नोक्सान गर्ने गरेका कारण आफूहरु त्रसित भएर रात काट्न बाध्य हुनु परेको खैनजुरका उदय चौधरीले बताउनुभयो ।

एक हप्तादेखि रातको समयमा हात्तीको बथान नजिकैको चुरिया जङ्गलबाट गाउँ प्रवेश गर्ने गरेको बताइएको छ । हात्तीको बथान गाउँ प्रवेश गर्न थालेपछि आफूहरु रातभरि जाग्रम बस्नुपर्ने बाध्यता रहेको खैजनपुरकै देवलाल चौधरीले बताउनुभयो ।

जोगिदहको मोथ्याई तथा सोमबारे क्षेत्रमा समेत केही दिनदेखि हात्तीको बथानले नोक्सानी गर्न थालेको छ । गाउँ प्रवेश गरेर नोक्सानी गर्न थालेपछि गाउँलेहरु रातभरि हात्तीको डरले एक ठाउँमा भेला भई बस्न बाध्य हुनुपरेको जोगिदह मोथ्याईका देवराज कार्कीले बताउनुभयो ।

शीतलहरका कारण विद्यार्थीको उपस्थिति न्यून
चिसो बढेसँगै शीतलहरसमेत सुरु भएपछि जिल्लाको त्रियुगा नगरपालिका, चौदण्डीगढी तथा बेलका नगरपालिका क्षेत्रका विभिन्न सरकारी तथा निजी विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून रहेको छ ।

चिसोका कारण अधिकांश आधारभूत तहमा अध्ययन गर्ने विद्यार्थीको उपस्थिति न्यून बन्न पुगेको छ भने माथिल्लो तहका कक्षामा पनि विद्यार्थीको सङ्ख्या न्यून हुन थालेको विद्यालयका शिक्षक बताउँछन् ।

त्रियुगाको जनता मावि जोगिदह, चौदण्डीगढीको जनतामावि हडिया, सिवाई सुन्दरपुर माविसहित सप्तकोसी मावि बेलका क्षेत्रमा अहिले चिसोका कारण धेरै विद्यार्थी विद्यालयमा उपस्थित हुन छाडेको विद्यालयका शिक्षक बताउँछन् ।

जनता आधारभूत विद्यालय चौदण्डीगढी ज्यामिरेका शिक्षिका देवी कार्कीका अनुसार चिसो बढ्न थालेपछि तल्लो कक्षाका अधिकांश साना विद्यार्थी विद्यालयमा उपस्थिति हुन समस्या भएको छ ।

जिल्लाको पहाडी क्षेत्रको रौतामाई गाउँपालिकाको बोलुङखा, चिसापानी, सल्ले, नामन्त, डहर क्षेत्रमा पनि चिसोका कारण विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून रहेको पञ्चनकन्या आधारभूत विद्यालय बोलुङखाका शिक्षिका तारा मगरले बताउनुभयो ।

चिसो बढेका कारण त्रियुगा नगरपालिकाले नगरभित्रका सरकारी विद्यालयमा यही पुस १८ देखि २३ गतेसम्म बिदा गरेको छ ।