१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

‘वैदेशिक रोजगार बाध्यता कि विकल्प !’

‘वैदेशिक रोजगार बाध्यता कि विकल्प !’
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । पाँच वर्ष कतार बसेर अब विदेश नजाने सोच बनाइ स्वदेश फर्किएका पाल्पा मैनादीका चुण्डप्रसाद नेपाल रोजगारीका लागि फेरि भारत जान लाग्नुभएको छ । दुई छोरीका बाबु भइसकेका नेपालले गाउँमै बसेर केही व्यवसाय थाल्नु पनि भएको थियो तर त्यसबाट सफलता नमिलेपछि कामको खोजीमा भारततर्फ जान लाग्नुभएको हो ।

नेपालमै बसेर केही गरौँ न भनेर सुन्तला खेती, कुखुरापालन व्यवसाय सुरु गर्नुभएको थियो । व्यवसाय खासै उकास्न सकिन । उहाँ भन्नुहुन्छ, ‘‘झन् ऋण बढ्दै गयो, व्यवहार बिग्रियो । अन्त्यमा परदेश नगइ सुखै पाइन । उहाँको अङ्समा थोरै जमिन परेको छ । त्यसको आयस्ताले खान पुग्दैन ।’’

आफूसँग खास कुनै सीप नहुँदा केही गर्ने आँट नआएपछि विदेश नै जानु उपयुक्त ठानेको उहाँ भन्नुहुन्छ, ‘‘साना लालाबाला छोडेर पर्देशिने मन त कसलाई हुन्छ र १ छोरीहरु पढाउनु प¥यो । घर चलाउनु प¥यो । महँगी धेरै छ ।” त्यस्तै व्यथा छ गुल्मी भड्कुवाकी शान्ता ज्ञवालीको पनि । उहाँ पनि दोहो¥याएर कतार जान लाग्नुभएको हो ।

सानोतिनो कामले घरखर्च चलाउन मुस्किल भएपछि उहाँका लागि पनि वैदेशिक रोजगार नै विकल्प बन्यो । ‘‘श्रीमान् बित्नुभयो, एउटा छोरा छ, उसको लालनपालन शिक्षा दीक्षाको जिम्मेवारी म माथि छ । आफूले पढेकी छैन, न कुनै सीप छ हातमा । बाध्य भएर विदेश नगएर के गर्नु रु’’ सामाजिक परिवेशले पनि आफूलाई विदेशिन बाध्य बनाएको बताउँदै उहाँ भन्नुहुन्छ, ‘‘श्रीमान् बितेपछि परिवारको पनि हेला भइँदो रहेछ । परिवारको हेला सहनुभन्दा विदेश गएर केही कमाउनु नै उत्तम विकल्प ठाने ।’’

सानो छोरालाई आफन्तकोमा छाडेर विदेश जानु पर्दा निकै असजिलो अनुभव भए पनि उहाँले आफ्नो आर्थिक कारोबार व्यवस्था भने सुधार गर्न सकेकामा उहाँ खुसी हुनुहुन्छ । तर सानो छोराको साथमै रहेर बस्न नपाउँदा भने उहाँलाई पीडा हुने गर्दछ । उहाँ भन्नुहुन्छ, “पैसा मात्र सबैथोक होइन, आमासँग खेल्दै हुर्कने समयमा छोडेर हिँड्नु प¥यो । नेपालमा नै राम्रो सीप र दक्षता अनुसारको रोजगारीको व्यवस्था र हरेक कामको सम्मान भइदिएको भए बुबा गुमाएको कलिलो बच्चा छोडेर म विदेशिनुपर्ने थिएन ।”

सैनामैना–९ का हिमाल भट्टराईको पनि पीडा उस्तै छ । नेपालमा रोजगारी कम छ । कामको सम्मान छैन । उब्जाएको खेतीको राम्रो बजार व्यवस्थापन छैन । परिवारको खुसीको लागि, परिवारका रहर पूरा गर्न र आफ्ना सपना पूरा गर्न परदेशिएको बताउनुहुन्छ उहाँ । उहाँकैै शब्दमा विदेशको काम सजिलो पक्कै पनि छैन । सम्पूर्ण आफ्नो परिवार त्यागेर जानु पर्दा दुःख बिमारमा पर्दा हेरविचार गर्ने कोही हुँदैन । काम नगरे खान पुग्दैन । आमा बित्दासमेत समयमै घर फर्किन नपाउनु भएका उहाँ भन्नुहुन्छ, ‘‘वैदेशिक रोजगारी मेरो लागि रहर नभएर बाध्यता हो । नेपालमा नै रोजगारीको राम्रो व्यवस्था भए पक्कै पनि परिवार र साना बालबच्चा छोडेर विदेश जाँदैनथिएँ होला ।’’

चुण्डप्रसाद, शान्ता र हिमालको जस्तो बाध्यताले मात्र नभइ पछिल्लो समय विदेशमा गएपछि राम्रै कमाइ हुन्छ भन्ने भ्रमले पनि धेरै युवा वैदेशिक रोजगारतर्फ आकर्षित भएका छन् । स्वदेशमै केही गर्नुपर्छ भन्ने सोचाइँको न्यूनता, बाह्र कक्षा पढेपछि विदेश जानुपर्छ भन्ने प्रवृत्तिको विकास, देशभित्रै रोजगारीको न्यून अवसर, बढ्दो महत्वाकांक्षा आदिले गर्दा पनि पछिल्लो समय युवा जगतमा विदेशिने क्रम बढेको छ ।

पछिल्लो समय कतिपय युवाले विदेशबाट सिकेर आएको सीपको उपयोग गर्दै नेपालमा नै उद्यम गरेर राम्रो कमाइ गरेका पनि छन् । तर त्यस्ता युवालाई प्रोत्साहन गर्ने, पुरस्कृत गर्ने, व्यवसायका लागि आवश्यक सामग्री समयमा नै उपलब्ध गराउनेजस्ता कार्य अझै पनि देशव्यापी हुन नसक्दा केही वर्षमै कतिपयले व्यवसाय छाडेर पुनः विदेशमा जानेहरुको सङ्ख्या पनि उत्तिकै रहेको छ । त्यस्ता युवा भन्छन्, ‘‘के गर्ने हामीलाई राज्यले वास्ता नै गरेन । हामीले उत्पादन गरेका सामग्रीको बजार प्रर्वद्धनजस्ता काममा पनि सहयोग नभएपछि बाध्य भएर विदेशिन प¥यो ।’’

वैदेशिक रोजगारमा गएका लाखौँ युवाले विदेशमा कमाएको पैसाले आफ्नो घर व्यवहार मात्र चलाएका छैनन्, राज्यलाई नै ठूलो आर्थिक भरथेग गरेका छन् । विसं २०७८ मा गरिएको जनगणनाको प्रारम्भिक नतिजाअनुरुप २१ लाख ७० हजार युवा विभिन्न देशमा रोजगारीका लागि गएका छन् । आर्थिक सर्वेक्षण २०७८ का अनुसार नेपालको कूल गार्हस्थ उत्पादन(जिडिपी) जम्मा ४८ खर्ब ५१ अर्ब ६२ करोड छ । सो आर्थिक वर्षमा विप्रेषणले १५ प्रतिशतभन्दा बढी जिडिपीमा योगदान गरेको तथ्याङ्क छ ।

नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदन अनुसार विप्रेषण आप्रवाह २०।४ प्रतिशतले वृद्धि भई रु तीन खर्ब ७८ अर्ब चार करोड पुगेको छ । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०।८ प्रतिशतले वृद्धि भई दुई अर्ब ९३ करोड पुगेको छ । यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ० लिने नेपालीको सङ्ख्या १०२।५ प्रतिशतले वृद्धि भई एक लाख ९५ हजार एक सय ९६ पुगेको छ ।

वैदेशिक रोजगारबाट गरिबी न्यूनीकरण, नेपालीको क्रयशक्ति वृद्धि गरे पनि दीर्घकालीन फाइदा पु¥याउने विकासका क्रियाकलाप सञ्चालन गर्न र ठूला परियोजना निर्माण गरी थप रोजगारी सिर्जना गर्न सकिएको छैन । सरकारले व्यक्तिगत रुपमा उक सय ७८ र संस्थागत रुपमा एक सय ११ देश वैदेशिक रोजगारीका लागि खूला गरेकोमा हाल अफगानिस्तान, इराक र लिवियामा रोक लगाइएको छ ।

विप्रेषण आप्रवाह सँगसँगै पारिवारिक विखण्डन, सामाजिक एक्लोपन, विप्रेषणको अनुत्पादक क्षेत्रमा प्रयोग, गलत र विदेशी संस्कृतिको प्रयोग, मुलुकमा युवा शक्तिको अभाव, विप्रेषण आयका कारण आयात वृद्धि भई व्यापार घाटा बढ्दै जानेलगायतका समस्या पनि नदेखिएका होइनन् । जे भए पनि नेपालले बर्षेनि श्रम बजारमा उत्पादन भएका पाँच लाख जनशक्ति खपत गर्ने रोजगारीका क्षेत्र सिर्जना गर्न तत्काल सम्भव पनि देखिदैन । ती जनशक्ति खपत गर्न पुग्ने रोजगारीका आन्तरिक अवसर स्वदेशमा नै व्यवस्थापन गर्न नसक्दा नेपाली युवाको बाध्यता बनेको हो वैदेशिक रोजगार ।

वैदेशिक रोजगारीलाई सधैँभरि यसरी नै नेपालीको बाध्यता बनाइरहने वा विकल्पको रुपमा स्थापित गर्ने भन्ने बारेमा योजना आयोगका निवर्तमान सदस्य डा रामकुमार फुँयालका अनुसार सरकारको दीर्घकालीन रोडम्याप होइन । उहाँ भन्नुहुन्छ, “वैदेशिक रोजगारी अल्पकालीन सम्बोधन हो, आन्तरिक रोजगारी नै सिर्जना गर्ने र अधिकतम जनशक्ति आन्तरिक रोजगारीमा नै खपत गरी उक्त जनशक्तिबाट मुलुकमा नै सेवा र उद्यमशीलता वृद्धि गरी मुलुककै विकासमा संलग्न गराउने नै सरकारको दीर्घकालीन योजना हो ।”

डा फुँयाल हाम्रो मानव पूँजीलाई थप सीपयुक्त र क्षमतावान बनाउने हो भने बाहिरबाट श्रमका लागि आउने जनशक्ति विस्थापन गर्न सकिने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘‘हाम्रो जनशक्तिलाई प्रतिस्पर्धात्मक, आकर्षक, मर्यादित तथा सम्मानित रोजगारीका लागि अन्य देशमा पठाउन सकिन्छ, यसले मुलुकको आर्थिक रणनीति र दुई देशबीचको आर्थिक कूटनीति थप मजबुत पुग्छ । यसबाट नेपालीहरु ‘‘ट्रीपल डी’ अर्थात् ‘डर्टी, डिफिकल्ट र डेन्जर’ काममा जानुपर्ने बाध्यताको पनि अन्त्य हुन्छ ।’’

विप्रेषण पठाउने २१ लाख ७० हजार वैदेशिक रोजगारीमा जाने युवामध्ये ७५ प्रतिशत अदक्ष छन् । यसरी अदक्ष जनशक्ति विदेशिदा नेपालको प्रतिस्पर्धात्मक क्षमता कमजोर भएको छ । त्यस्तो जनशक्ति हातमा कुनै सीप नलिई जाने भएकोले उनीहरुले नराम्रो, कठिन र जोखिमपूर्ण काम गर्न बाध्य भएका हुन्छन् । नेपालको संविधानले वैदेशिक रोजगारीबाट आर्जन भएको पुँजी, सीप, प्रविधि र अनुभवलाई स्वदेशमा नै उत्पादनमूलक क्षेत्रमा लगाउन प्रोत्साहन गर्ने नीति अङ्गीकार गरेको छ ।

त्यसरी दुःख गरी कमाएको धनको पनि सही सदुपयोग हुन नसकेको छैन भने वैदेशिक रोजगारीबाट फर्किएकाको सीपको उचित प्रयोग भएको पाइँदैन । श्रम आप्रवासनबाट मौद्रिक विपे्रषण मात्र नभइ सामाजिक पुँजीको रुपमा सीप, प्रविधि र अनुभवलाई पनि आर्थिक सामाजिक विकासको रुपमा उपयोग गर्ने गरी वैदेशिक रोजगार नीति र राष्ट्रिय रोजगार नीति कार्यान्वयनमा आएका छन् ।

आर्थिक सर्वेक्षणका अनुसार नेपालमा हाल १८ प्रतिशत निरपेक्ष गरिब छन् । यस्तो गरिबी १८ प्रतिशतमा झार्नमा वैदेशिक रोजगारको प्रमुख भूमिका छ । वैदेशिक रोजगारीबाट विप्रेषण आयमा बढोत्तरी, विदेशी मुद्रा सञ्चिति वृद्धि, शोधनान्तर स्थितिमा सहयोग, नेपाली नागरिकको क्रयशक्ति वृद्धि, अन्तर्राष्ट्रिय सम्बन्धमा विस्तार, सीप विकासलगायत विविध कुरामा सकारात्मक परिवर्तन आएका छन् ।

साना ठूला गरी एक सय २५ देशमा नेपाली वैदेशिक रोजगारीका लागि गएको पाइन्छ । नेपालले श्रम सम्झौता भने नौ देशसँगमात्र गरेको छ । सरकारले प्रमुख श्रमगन्तव्य मुलुकसँग श्रम सम्झौता गर्न नसक्दा नेपाली कामदारले विदेशमा अनेकौँ समस्या झेल्दै आएका छन् । सम्झौता नभएका मुलुकमा पुगेका नेपाली कामदारले न्यूनतम पारिश्रमिक, औषधोपचार, बीमा, सुरक्षासहितका कानुनी उपचारबाट विमुख हुँदै आएका छन् ।

अनौपचारिक रुपमा भारत गएर श्रम गर्नेको, श्रम स्वीकृति नलिइ पर्यटक भिसामा र विद्यार्थी भिसामा जानेको यकिन तथ्याङ्क छैन । श्रम स्वीकृति लिएर पनि युरोप अमेरिका र अष्ट्रेलिया जाने एकदम नगन्य छन् । नेपालीको वैदेशिक रोजगारीको लागि जानेमध्ये मलेसिया, कतार, साउदी, अरब र युएइमा मात्रै ९० प्रतिशत रहेका छन् । रासस