काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ ।
सोमबार बसेको बैठकलाई नै निरन्तरता दिँदै ललितपुरको तुलसीलाल प्रतिष्ठान भवन च्यासलमा बैठक बसेको हो ।
बैठकका एजेन्डाहरु निम्नानुसार रहेका छन्,
१. समसायिक विषयमा पार्टी अध्यक्षको सम्बोधन
२. पार्टीमा उत्पन्न समस्या सामाधानका सम्बन्धमा गठित कार्यदलको प्रस्ताव १० बुँदेको अनुमोदन ्र
३.अनुशासनहीन कार्यमा संलग्नहरुसँग स्पष्टिकरण ।
४. १० बुँदे कार्यान्वयनको सन्दर्भमा हालको अवस्था सम्बन्धी जानकारी ।
५.प्रदेशको पार्टी अवस्था बारे संक्षिप्त जानकारी ।
६.सर्वोच्च अदालतको फैसला सम्बन्धी पार्टी दृष्टिकोण ।
७. नेकपा (एमाले) नेतृत्वमा सञ्चालित सरकारको सम्बन्धमा ।
८.पार्टीको आगामी भूमिका ।
-राजनीतिक (प्रतिपक्ष र सत्तापक्ष भूमिका)
-संगठनात्मक (सदस्यता नवीकरण, विधान महाधिवेशन र अधिवेशनहरु, जनसंगठन व्यवस्थापन)
-शुद्धिकरण अभियान
-निर्वाचनको तयारी
९.विविध