२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी र स्थानीयबिच झडप, १० जना प्रहरी घाइते



अ+ अ-

कैलाली । धनगढीमा प्रहरी र स्थानीयबिच झडप हुँदा १० जना प्रहरी घाइते भएका छन् । धनगढी उपमहानगरपालिकामा ३ मा जमेको पानी निकास गर्ने क्रममा झडप हुँदा ४ जना प्रहरी जवान र ६ जना सशस्त्र प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

उपमहानगरपालिकामा ३ हाटबजार, विद्युत् कार्यालय लगायतका क्षेत्रमा जमेको पानी निकास गर्न कल्भर्ट खोल्दा वडा नम्बर २ का स्थानीयले प्रहरीमाथि ढुंङ्गामुढा भएपछि ५० सेल भन्दा बढि अश्रुग्याँस प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बिश्व अधिकारीले बताए। उनले घाइते भएका सुरक्षाकर्मी खतरामुक्त भएको बताए।

वडा नम्बर २ का बासिन्दाले डुबानमा पार्ने भन्दै कल्भर्टमा पानी बन्द गरेपछि ३ नम्बर वडा डुबानमा परेको थियो। पानी धेरै जमेर बिद्युत् गृहमा नै क्षति हुन थालेपछि बल प्रयोग गर्नुपरेको प्रहरीले जनाएको छ।