२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसमा मन्त्री बन्नेको लर्को, कुन समुहबाट कसको चर्चा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसमा मन्त्री बन्नेको लर्को लागेका लागेको छ । पार्टीका शभापती शेर बहादुर देउवा प्रधानमन्त्री भएसंगै कांग्रेसमा मन्त्री बन्नेको लर्को नै लागेको हो । 

हाल गृहमन्त्रीमा बालकृष्ण खाँण, कानूनमा ज्ञानेन्द्रबहादुर कार्की, अर्थमन्त्रीमा जनादर्न शर्मा र उर्जामा पम्फा भुसाल नियुक्त भएपनि बाँकी मन्त्रालय भागवण्डामा प्रधानमन्त्री देउवाले आफ्नै भागमा राखेका छन् । कांग्रेसका तीन समूहका नेताहरुका अनुसार मन्त्रालय भागवण्डा गर्दा कांग्रेसको भागमा बढीमा आठ वटा मन्त्रालय आउने सम्भावना छ । तर आंकाक्षी भने धेरै छन् ।

पौडेल समूहले उपप्रधानमन्त्रीसहित चार वटा मन्त्रालय मागेको छ । ‘पार्टीभित्रको सन्तुलन कायम गर्न पनि हामीले उपप्रधानमन्त्री पाउनुपर्छ भन्ने साथीहरुको भनाइ छ,’ नेता अर्जुननरसिंह केसी भन्छन् ।

आसन्न महाधिवेशनमा सभापतिका आकांक्षीसमेत रहेका पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई उपप्रधानमन्त्री दिनुपर्ने बताएपनि सिंहले भने सरकारमा जानेबारे मुख खोलेका छैनन् ।

सिंह सरकारमा नगए उपप्रधानमन्त्रीमा सुजाता कोइरालाको दाबी बलियो हुने पौडेल समूहका नेताहरु बताउँछन् । पौडेल समूहबाट डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, सञ्जय गौतम, किरण यादव, तेजुलाल चौधरी, प्रमोदकुमार यादव, राजेन्द्र केसी, प्रमिला राई, प्रकाश रसाइली ‘स्नेही’को नाम चर्चामा छ ।

यस्तै पूर्वमहामन्त्री सिटौला समूहबाट उमाकान्त चौधरीको नाम पनि चर्चा रहेपनि यसअघि ९ महिना स्वास्थ्यमन्त्री हुँदा राम्रो काम गरेको तथा कोरोना नियन्त्रण र रोकथामका लागि संसदभित्र र बाहिर रचनात्मक भूमिका खेलेका गगन थापालाई पनि मन्त्री बनाउनुपर्ने मत बलियो छ । संस्थापन समूहकै कतिपय नेताले पार्टी सभापति समेत रहेका प्रधानमन्त्री देउवालाई थापालाई स्वास्थ्यमन्त्री बनाउन सुझाएका थिए ।

यता संस्थापन समूहबाट पुष्पा भुसाल, डा. डिला संग्रौला, भरतकुमार शाह, नारायण खड्का, बहादुरसिंह लामा, विनोद चौधरी, मानबहादुर विश्वकर्मा र तारादेवी भट्टको नाम चर्चामा छ । उपसभामुख पद रिक्त भएकाले मन्त्रीका लागि आकांक्षी महिला सांसदलाई देउवाले यसमा व्यवस्थापन गर्ने विकल्प पनि छ ।

सभामुख र उपसभामुख एउटै पार्टी र लिंग हुन नहुने संवैधानिक व्यवस्था छ । हाल सभामुख रहेका अग्नि सापकोटा माओवादी केन्द्रबाट निर्वाचित सांसद हुन् भने राष्ट्रिय जनमोर्चाकी एक मात्र सांसद दुर्गा पौडेलले यसअघि नै उपसभामुख नबन्ने बताएकाले यो पद कांग्रेसकै भागमा पर्ने सम्भावना बलियो छ ।