२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसका यी १० युवा नेताले पार्टी नेतृत्वलाई गरे यस्तो आग्रह, माल्लान त शभापती देउवा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका १० जना युवा नेताहरुले पार्टी भित्रैको नेतृत्वबाट कार्यकर्ताहरूले असुरक्षित हुने अवस्थाको अन्त्य हुनुपर्ने माग गरेका छन् ।

मंगलबार संयुक्त वक्तव्य निकाल्दै कांग्रेसका १० केन्द्रीय सदस्यहरु जथाभावी क्रियाशील सदस्यता वितरण गर्दा पार्टीको मर्ममै प्रहार भइरहेको भन्दै उनीहरुले न्यायका लागि धर्ना नै बस्नु पर्ने अवस्था दुस्खद रहेको उल्लेख गरेका हुन् । 

संयुक्त विज्ञप्ति निकाल्नेमा नेताहरु डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गगन थापा, बद्री पाण्डे, गुरुराज घिमिरे, सरिता प्रसाईं, रामकृष्ण यादव र किरण यादव छन्।  क्रियाशील सदस्यता विवादलाई लिएर कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालयमा केही दिनयता नेता कार्यकर्ताहरु धर्नामा बसेका छन्।