२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री श्रेष्ठद्वारा यातायात कार्यालयमा अनुगमन



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले एकान्तकुनामा रहेको यातायात कार्यालयको अनुगमन गर्नुभएको छ ।

मंगलबार मन्त्री श्रेष्ठले कार्यालय समय सुरु हुनासाथ एकान्तकुना पुगेर छिटो र झन्झटरहित ढंगले सेवा प्रवाहका लागि कर्मचारीलाई निर्देशन दिनुभयो ।

उहाँले सेवाग्राहीहरुसँग समेत पाइरहेको सेवा र गुनासोबारे जिज्ञासा राख्नुभएको थियो । सवारी चालक अनुमतिपत्रका लागि भइरहेको लिखित र ट्रायल परीक्षाको समेत उहाँले निरीक्षण गर्नुभएको थियो ।

मन्त्री श्रेष्ठले पदभार ग्रहण गरेलगत्तै भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गरिने र अनियमिततालाई कडाइका साथ रोक्ने आफ्नो पहिलो कर्तव्य भएको बताउनुभएको थियो । भनसुन र घुस नखाई काम गर्ने वातावरण बनाउनेसमेत उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।