२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनमा सञ्चालनमा आयो विश्वकै सबैभन्दा छिटो गुड्ने रेल



अ+ अ-

एजेन्सी । चीनले मंगलबार आफ्नो सबैभन्दा द्रुत गतिमा गुड्ने म्यागलेव रेल सञ्चालनमा ल्याएको छ । 

रिपोर्ट अनुसार यो रेल अधिकतम ६०० किलेमिटर प्रतिघण्टाको रफ्तारमा गुड्न सक्नेछ । 

यसलाई जमिनमा सबैभन्दा छिटो गुड्ने वाहन पनि भनिएको छ । चीनको एक मिडिया रिपोर्टका अनुसार यो रेल परिवहन प्रणाली सार्वजनिक रुपमा सूरुवात चीनको तटिय शहर किंगदाओमा भएको हो । सबैभन्दा छिटो दौडिने यो रेल परियोजना सन् २०१६ को अक्टोबरमा सुरुवात भएको थियो । 

सन् २०१९ मा ६०० किलोमिटर प्रतिघण्टा रफ्तारमा गुड्ने यो रेलको प्रोटोटाइप बनाइएको थियो । 

यसको सफल परीक्षण सन् २०२० को जुनमा भएको हो । उक्त रेलमा जम्मा १० डिब्बा रहेको र प्रत्येक डिब्बामा १०० जना यात्री रहन सक्छन् ।