१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

तनहुँमा २८ करोडको सुन्तला उत्पादन

तनहुँमा २८ करोडको सुन्तला उत्पादन
अ अ+ अ-

दमौली । तनहुँमा यसवर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । मौसमले साथ दिएको र किसानले मलजल, पानीको व्यवस्था तथा गोडमेलमा ध्यान दिएकाले यसवर्ष सुन्तला उत्पादनमा वृद्धि भएको हो ।

कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीका अनुसार यसवर्ष रु २८ करोड बराबरको सुन्तला उत्पादन भएको छ । एक हजार चार सय ८० हेक्टरबाट नौ हजार पाँच सय १० मेट्रिक टन सुन्तला उत्पादन भएको तिवारीले बताउनुभयो ।

अघिल्लो वर्ष रु २६ करोड ५० लाख बराबरको सुन्तला उत्पादन भएको थियो । त्यसवर्ष एक हजार चार सय ६० हेक्टर क्षेत्रफलबाट नौ हजार तीन सय १० मेट्रिक टन सुन्तला उत्पादन भएको कार्यालयको तथ्याङ्क छ । जिल्लामा उत्पादित सुन्तला काठमाडौँ, पोखरा, नारायणगढलगायतका ठाउँमा बिक्री हुने गरेको छ । यसका साथै जिल्लाकै दमौली, दुलेगौँडा, खैरेनीटार, भीमाद लगायतका ठाउँमा समेत यहाँको सुन्तला बिक्री हुने गरेको किसान बताउँछन् ।

सुन्तला खरिदका लागि ठेकेदार सुन्तला बगानमै पुग्ने गरेका छन् । जिल्लाको म्याग्दे गाउँपालिका–२ र ३ स्थित उमाचोकमा सबैभन्दा बढी सुन्तला उत्पादन हुने गरेको छ । व्यास नगरपालिका–११ तनहुँसुर, वडा नं १३ को बेनीकोट, देवघाट गाउँपालिका–२, ३ र ४, आँबुखैरेनी गाउँपालिका–२ पतेनी, शुक्लागण्डकी नगरपालिका–११ राइपुर, भीमाद नगरपालिका–९ भानुमतिलगायतका ठाउँमा व्यावसायिक रुपमा सुन्तला उत्पादन हुँदै आएको छ ।

म्याग्दे–२ उमाचोकका सुकनारायण श्रेष्ठ, विश्वबहादुर अधिकारी, निर्मल अधिकारी, रामबहादुर अधिकारी लगायतले वार्षिक लाखौँ मूल्य बराबरका सुन्तला बिक्री गर्दै आउनुभएको छ । देवघाटा–३ छिपछिपेका भीम रानाले यसवर्ष रु ३२ लाख बराबरको सुन्तला बिक्री गर्नुभएको छ । व्यास–१३ बेनीकोटका विकास थापाले यसवर्ष रु आठ लाखको सुन्तला बिक्री गर्नुभएको छ ।

आँबुखैरेनी–२ मार्कीचोकका सोलबहादुर चितौरेले यसवर्ष रु तीन लाख ५० हजार बराबरको सुन्तला बिक्री गर्नुभएको छ ।

राजनीतिसँगै सुन्तलाखेती

म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे राजनीतिसँगै सुन्तलाखेतीमा आबद्ध हुनुहुन्छ । विसं २०५३ देखि सुन्तलाखेतीमा आबद्ध रहनुभएका घिमिरेले कृषिसँगै राजनीतिलाईसँगै अगाडि बढाइराख्नुभएको छ ।

देशमा उत्पादन र जीविकापार्जनका लागि वातावरण नभएको भन्दै युवा विदेशिरहेको अवस्थामा उपाध्यक्ष घिमिरे भने सुन्तलाखेतीबाट वार्षिक लाखौँ आम्दानी गर्दै आउनुभएको छ । घिमिरेले सुन्तलाखेतीबाट वार्षिक रु २० लाख आम्दानी गरिरहनुभएको बताउनुभयो । घिमिरेको सुन्तलाफार्ममा अहिले आठ सय ५० सुन्तलाका बोट छन् । म्याग्दे–२ जोगीथुममा सुन्तलाखेती गरिरहनुभएका घिमिरेले यस वर्ष रु २० लाखको सुन्तला बिक्री गरेको जानकारी दिनुभयो ।

विसं २०३५ मा कृषिको जेटिए अध्ययन गर्नुभएका घिमिरे आठ वर्षसम्म शिक्षक पेसामा संलग्न हुनुहुन्थ्यो । नेपाली कांग्रेसका नेता घिमिरे विसं २०४९ मा गाउँ विकास समितिको अध्यक्ष बन्नुभएको थियो । “राजनीतिसँगै सुन्तलाखेतीलाई अगाडि बढाइरहेको छु, हरेक व्यक्ति उत्पादनसँग जोडिनैपर्छ”, घिमिरेले भन्नुभयो । नेपालको हावापानी उर्वर रहेको जनाउँदै घिमिरेले कामप्रति इमान्दार रहने हो भने आत्मनिर्भर बन्न गाह्रो नभएको उल्लेख गर्नुभयो । “यति राम्रो उर्वरभूमि छाडेर हामी भने मरुभूमिमा भविष्य खोजिरहेका छाँै, योभन्दा नराम्रो पक्ष के हुनसक्छ”, उहाँले भन्नुभयो ।

परिश्रम नगर्ने तर तत्काल फल खोज्ने परिपाटीले परनिर्भर बनेको जनाउँदै घिमिरेले भन्नुभयो, “विदेशमा गर्ने दुःख नेपालमा मात्र गर्ने हो भने नेपाल जस्तो स्वर्ग देश अन्त छैन ।” सुन्तला खेती गरेर आर्थिक रुपमा सबल बनेको जनाउँदै घिमिरेले सुन्तलाखेतीबाट सन्तुष्टि मिलेको बताउनुभयो । “सुन्तला फार्ममा आएर काम गर्दा छुट्टै आनन्दको अनुभूति हुन्छ, हरियाली र लटरम्म फलेका सुन्तला देख्दा आनन्द आउँछ”, उहाँ भन्नुहुन्छ ।

सुन्तलाखेतीका लागि गाह्रो नभएको बताउँदै छ महिना यसको हेरचाह गर्ने हो भने वर्षदिनलाई मनग्य आम्दानी हुने घिमिरेको अनुभव छ । उहाँ भन्नुहुन्छ, “सुरुका तीन वर्ष यसको बढी रेखदेख गर्नुपर्दछ, अनि फल दिइसेकपछि लामो समयसम्म यसबाट आम्दानी लिन सकिन्छ ।” फार्ममा आएर काम गर्दा फूर्तिलो र नवीन सोचको विकास हुने घिमिरेले बताउनुभयो । “बर्सेनि रु २० लाखको सुन्तला बिक्री गर्दै आएको छु, सुन्तला बिक्रीका लागि कुनै समस्या छैन, देशभरबाट सुन्तला खरिदका लागि अग्रिम बुकिङ हुन्छ”, उहाँले भन्नुभयो ।

सुन्तला खेती अवलोकनका लागि विभिन्न स्थानबाट मानिस आउने गरे पनि स्थानीयले भने कृषिको महत्व नबुझेको घिमिरे बताउनुहुन्छ । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा उपाध्यक्ष पदमा जित हासिल गर्नुभएका घिमिरेले यस पटकको स्थानीय तह निर्वाचनमा पुनः उपाध्यक्षमा विजय प्राप्त गर्नुभएको छ । घिमिरेले सुन्तलाखेतीका अलवा इँटाभट्टा व्यवसायबाट पनि थुप्रैलाई रोजगारी दिइरहनुभएको छ । रासस