२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवा र जसपा अध्यक्ष ठाकुरबीच बालुवाटारमा भेटवार्ता



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले देउवाको सरकारी निवास बालुवाटारमा भेटवार्ता गर्नुभएको छ । 

ठाकुरले प्रधानमन्त्री देउवासँग ‘वान टु वान’ वार्ता गर्दै जसपाको केन्द्रीय कार्यकारिणी समितिले गरेका निर्णय र राखेका मागबारे जानकारी गराउनुभयो । 

जसपाको ठाकुर पक्षले संविधान संशोधन, रेशम चौधरीलगायतका नेता कार्यकर्ताको रिहाइ, मुद्दा फिर्तालगायतका माग पूरा गर्न सरकारलाई दबाब दिने निर्णय गरेको थियो ।

ठाकुरसँगको भेटमा प्रधानमन्त्री देउवाले आफूलाई विश्वासको मत दिएकोमा धन्यवाद दिँदै आगामी दिनमा पनि सहकार्यको अपेक्षा राख्नुभएको बताइएको छ । देउवाले ठाकुरलाई सरकारमा सहभागी हुनेबारे जिज्ञासा समेत राख्नुभएको थियो । 

त्यसको जवाफमा ठाकुरले सरकारमा सहभागी हुनेभन्दा माग पूरा गराउने आफ्नो उद्देश्य रहेको बताउनुभएको स्रोतले बतायो ।