काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदहरुलाई स्पष्टीकरणको पत्र पठाएको छ ।
सोमबार बसेको केन्द्रीय कमिटीको बैठकमा नै २४ घण्टे स्पष्टीकरण पेश गर्ने निर्णय एमालेले गरेको थियो ।
तर दुई दिनपछि वरिष्ठ नेता माधव कुमार नेपाल समूहका र ओली समूहका ८ सांसदहरुलाई स्पष्टीकरण पठाइएको हो । आज पनि एमालेको केन्द्रीय कमिटी बैठक जारी छ ।